कोरोनाविरुद्धको खोप खरिदका लागि विश्व बैंकद्वारा ८ अर्ब ७० करोड ऋण सहयोग

काठमाडौँ । सरकारलाई विश्व बैंकले कोभिड–१९ विरुद्धको खोप खरिदका लागि करिब रु आठ अर्ब ७० करोड सहुलियतपूर्ण ऋण उपलब्ध गराउने भएको छ । जनसङ्ख्याको उच्च प्राथमिकता प्राप्त समूहमा कोभिड–१९ विरूद्धका सुरक्षित र प्रभावकारी खोपको पहुँच विस्तार गर्न प्राप्त हुने सहुलियतपूर्ण ऋण सहयोगसम्बन्धी सम्झौतापत्रमा अर्थ मन्त्रालयका सचिव शिशिरकुमार ढङु्गाना र माल्दिभ्स, नेपाल र श्रीलङ्काका लागि विश्व […]

सम्बन्धित सामग्री

एस्ट्राजेनेकाले विश्व बजारमा रहेका आफ्ना सबै कोरोनाविरुद्धको खोप फिर्ता मगाउँदै

औषधि तथा खोप निर्माता कम्पनी एस्ट्राजेनेकाले विश्व बजारमा रहेका आफ्ना सबै कोरोनाविरुद्धको खोप फिर्ता मगाउने भएको छ।

एस्ट्राजेनेकाले विश्व बजारमा रहेका आफ्ना सबै कोरोनाविरुद्धको खोप फिर्ता मगाउँदै

औषधि तथा खोप निर्माता कम्पनी एस्ट्राजेनेकाले विश्व बजारमा रहेका आफ्ना सबै कोरोनाविरुद्धको खोप फिर्ता मगाउने भएको छ।

असक्त अपाङ्गता भएकालाई घर दैलोमै कोरोनाविरुद्धको खोप

कञ्चनपुर, २६ मङ्सिर: शुक्लाफाँटा नगरपालिका– २ का असक्त अपाङ्गता भएका व्यक्तिका घर दैलोमै पुगेर कोरोनाविरुद्धको खोप लगाउँदै । लुथरन विश्व फेडरेसनको सहयोगमा राष्ट्रिय मुक्त हलिया समाज महासङ्घको समन्वयमा जिल्लाका नौ वटै स्थानिय तहमा कोरोनाविरुद्धको खोप अभियान सञ्चालन गरिएको छ ।-तस्वीर : राजेन्द्रप्रसाद पनेरु-रासस

अशक्त र अपाङ्गता भएकालाई घरदैलोमै कोरोनाविरुद्धको खोप

कञ्चनपुर : कञ्चनपुरमा अशक्त अपाङ्गता भएका व्यक्तिका घरदैलोमै पुगेर कोरोनाविरुद्धको खोप लगाउने अभियान सञ्चालन गरिएको छ।लुथरन विश्व फेडरेशनको सहयोगमा राष्ट्रिय मुक्त हलिया समाज महासंघको समन्वयमा जिल्लाका नौवटै स्थानीय तहमा कोरोनाविरुद्धको खोप अभियान सञ्चालन गरिएको हो।आपत्‌कालीन सहयोग परियोजनाअन्तर्गत कोरोनाविरुद्धको खोप लगाउने अभियान सञ्चालन गरिएको परियोजना अधिकृत मीन हुडकेले बताए।शुक्लाफाँटा, पुनर्वास, कृष्णपुर, दोधारा‚ चाँदनी नगरपालिका र लालझाडी गाउँपालिकाका गरी एक हजार दुई सयजना अशक्

वैशाखसम्ममा सबैलाई कोभिड खोप : राज्यमन्त्री श्रेष्ठ

स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले आगामी वैशाख मसान्तसम्ममा सबै नागरिकलाई कोरोनाविरुद्धको खोप लगाइसक्ने बताएका छन् ।राज्यमन्त्री श्रेष्ठले सरकारले दशैंअघि नै ३३ प्रतिशत नागरिकलाई कोरोनाविरुद्धको खोप लगाइसक्ने गरी काम गरिरहेको जानकारी दिए । विश्व मुटु दिवसको अवसर पारेर बुधबार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै उनले सरकारले हाल दैनिक ३ लाख जनतालाई सो खोप लगाउने काम […]

आमाले कोरोनाविरुद्धको खोप लगाए शिशु पनि सुरक्षित

काठमाडौं, साउन १९ । स्तनपान गराईरहेका आमाले कोरोनाविरुद्धको खोप लिएको खण्डमा शिशु पनि सुरक्षित हुन्छ भनेर कमैलाई थाहा होला । साताभर विश्व स्तनपान दिवस मनाइरहँदा सुत्केरी र स्तनपान गराईरहेका आमाले कोरोनाविरुद्धको खोप लिनुहुँदैन भन्ने अन्धविश्वास छाडेरे सबैले खोप लिनुपर्ने विज्ञहरू बताउन्छन् । स्त्रीरोग विशेषज्ञ भागीरथी कायस्थका अनुसार , ‘‘नेपालमा मात्र नभएर कोरोनाविरुद्धको खोप विश्वका अन्य […]

एस्ट्राजेनेकाको खोप नरोक्न विश्व स्वास्थ्य सङ्गठनको आह्वान

काठमाण्डाै - विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले एस्ट्राजेनेकाले आविष्कार गरेको कोरोनाविरुद्धको खोप नरोक्न फेरि आह्वान गरेको छ । एस्ट्राजेनेकाको खोप लगाएपछि रगत जम्ने समस्या देखिएको भन्दै युरोपका विभिन्न देशले खोप लगाउने काम रोक्न थालेपछि विश्व स्वास्थ्य सङ्गठनले खोप र रगत जम्ने समस्याबीच सम्बन्ध नरहेको भन्दै खोप कार्यक्रमलाई निरन्तरता दिन भनेको बीबीसीले जनाएको छ । डब्ल्यूएचओले यसअघि पनि यो खोप सुरक्षित रहेको बताइसकेको छ । युरोपका एक करोड ७० लाखभन्दा धेरैले पहिलो डोज खोप लगाउँदा ४० भन्दा कम मानिसमा रगत जम्ने समस्या देखिएको ...

राष्ट्रपतिले पनि लगाइन् कोरोनाविरुद्धको खोप

न्युज अफ नेपाल, काठमाडौ । राष्ट्रपति विद्यादेवी भण्डारीले सोमबार त्रिभुवन विश्व विद्यालय शिक्षण अस्पताल पुगी कोरोनाविरुद्धको खोप लगाएकी छन् । सोमबार अपरान्ह ४ बजे त्रिभुवन विश्व विद्यालय शिक्षण अस्पताल पुगी खोप लगाउनुभएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव लक्ष्मण अर्यालले जानकारी दिए । फागुन २३ गतेदेखि नेपालमा दोस्रो चरणको खोप अभियान चलिरहेकै बेला राष्ट्रपति भण्डारीले पनि […]