सभामुख अग्निप्रसाद सापकोटाले परिवर्तित व्यवस्थाप्रति आमनागरिकलाई आशावादी तुल्याउन राज्यका जिम्मेवार निकायका पदाधिकारीमा अधिक जिम्मेवारीबोध हुन आवश्यक रहेको बताउनुभएको छ । गणतन्त्र दिवस–२०७९ का अवसरमा आज शुभकामना दिँदै उहाँले गणतन्त्र स्थापनाका लागि त्याग र बलिदान गर्नेको मूल्याङ्कन एवं सम्मान, यससँग जोडिएका जनअपेक्षाको सम्बोधन गर्न सबैले ध्यान दिनुपर्ने बताउनुभयो । संविधानअनुरुप सबै प्रकारका विभेद र उत्पीडनको अन्त्य …