दसैंका लागि दैनिक ठूलो सङ्ख्यामा नागरिक सडक यातायातमार्फत आवतजावत गरिरहँदा देशभरका धेरै सडक मर्मत हुन सकेको छैन । वर्षामा बाढी र पहिराले अवरुद्ध सडक पूर्णरुपमा खुलिसकेका छैनन् । वर्षाले खाल्डाखुल्डी भएका ठाउँमा टाल्ने काम अझै बाँकी छ ।बर्सेनि सडकमा बढी खाल्डाखुल्डी भदौ र असोजमा देखिन्छ । असोजको दोस्रो सातासम्मको वर्षा तथा चाँडो दसैँ परेकाले सडकको अवस्था अपेक्षा अनुसार मर्मत भइनसकेको सडक विभागका प्रवक्ता भीमार्जुन अधिकारीले बताए ।दसैँ अगावै सबैतिरको सडकमा खाल्डा टालिसक्ने योजना भए पनि त्यसअ