निर्वाचनको कार्यभार सम्पन्न गर्न गठबन्धन आवश्यक छ : सञ्चार मन्त्री कार्की

सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सत्ता साझेदार दलहरूबिचको गठबन्धन देशको राजनीतिलाई नियमित लिकमा फर्काउनकै लागि भएको बताएका छन् ।

सम्बन्धित सामग्री

निर्वाचनको कार्यभार सम्पन्न गर्न गठबन्धन आवश्यक : सञ्चारमन्त्री

सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सत्ता साझेदार दलहरूबीचको गठबन्धन देशको राजनीतिलाई नियमित लिकमा फर्काउनकै लागि भएको बताउनु भएको छ । नेपाली काँग्रेसको केन्द्रीय कार्यसमिति बैठकमा सोमबार सम्बोधन गर्दै प्रभावशाली नेता कार्कीले गठबन्धनको उद्देश्य राजनीतिक स्थिरता र देशलाई समृद्धिको बाटोमा अघि बढाउनु रहेको प्रष्ट पार्नु भएको हो । सञ्चार मन्त्री कार्कीले अब तीन तहको निर्वाचन सफलतापूर्वक सम्पन्न गरेर लोकतन्त्रलाई अझ सुदृढ र समृद्धिको यात्रालाई अझ सहज बनाउनुपर्ने महत्त्वपूर्ण कार्यभार रहेको पनि स्मरण गराउनुभयो ।