भीमसेन मन्दिर पुनःनिर्माण ५५ प्रतिशत सम्पन्न

पाटन दरबार स्क्वायरस्थित भीमसेन मन्दिर पुनःनिर्माणको काम ५५ प्रतिशत सम्पन्न भएको छ । विसं २०७२ को भूकम्पका कारण मन्दिर जीर्ण भएको थियो । मन्दिरको दोस्रो तलासम्म दलिन राख्ने र गारो लगाउने काम सकिएको साइट इञ्जिनीयर प्रणाम होराले बताउनुभयो । उहाँले भन्नुभयो, “मन्दिरको माथिल्लो दुई छाना लगाउन बाँकी छ । मन्दिरमा प्रयोग गरिने झ्याल र कार्नेश मर्मत भइसक्यो भने आवश्यक सम्पूर्ण सामग्री लगभग जोहो गरिसक्यौँ ।”

सम्बन्धित सामग्री

भीमसेन मन्दिर पुनःनिर्माण ९० प्रतिशत सम्पन्न

ललितपुर/ पाटन दरबार स्क्वायरस्थित व्यापारीहरूको आराध्य देवता मानिने भीमसेन मन्दिर पुनःनिर्माणको काम ९० प्रतिशत सम्पन्न भएको छ । विसं २०७२ वैशाख १२ को विनाशकारी भूकम्प