थाइल्याण्डमा गोली प्रहार हुँदा ३४ जनाको मृत्यु

काठमाडौं । थाइल्याण्डको उत्तर–पूर्वी शहर नोङ बुआ लम्फुस्थित एक शिशु स्याहार केन्द्रमा पूर्वप्रहरीले अन्धाधुन्ध बन्दुक चलाउँदा ३४ जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार मृतकमा बालबालिका र वयस्क दुवै छन् । बन्दुक चलाउने व्यक्ति हाल फरार रहेका छन् । आक्रमणकारीले गोली चलाउनुका साथै चक्कुसमेत प्रहार गरिएको जनाइएकाे छ । आक्रमणकारीको उद्देश्यबारे केही थाहा हुन नसकेको […]