१० मंसिर, काठमाडौं । फ्रान्सले आप्रवासी संकटसम्बन्धी एक बैठकमा सहभागी हुन भन्दै बेलायती गृहमन्त्री प्रीति पटेललाई गरिएको निम्तो फिर्ता लिएको छ । बेलायती प्रधानमन्त्री बोरिस जोनसनले फ्रान्सका राष्ट्रपति इमानुएल माक्रोँलाई एक पत्र लेखेपछि पटेललाई गरिएको निमन्त्रणा फिर्ता गरिएको अन्तर्राष्ट्रिय समाचार माध्यमले जनाएका हुन्। जोनसनले माक्रोँलाई लेखेको पत्रमा आप्रवासी संकटमा फ्रान्सको रबैयालाई आलोचना गरेका थिए । […]