चीन निर्यात गर्ने घाँस : 'पशुहरुको गुन्द्रुक'

चिनियाँ परराष्ट्रमन्त्री वाङ यीको नेपाल भ्रमणक्रममा नेपालबाट चीनमा हेलेज निर्यात गर्ने सम्बन्धमा दुई पक्षीय सम्झौता भयो । 'हेलेज'लाई धेरैले घाँसको प्रजाति भने । तर यो प्रजाति नभएर प्रशोधित घाँस हो ।

सम्बन्धित सामग्री

राँगाको मासु चीन निर्यात  सहमति भयो, तयारी छैन

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहालको हालै सम्पन्न चीन भ्रमणका क्रममा नेपालबाट राँगाको मासु चीन निर्यात गर्ने स्वीकृति प्रक्रियालाई तीव्रता दिन दुई देशबीच सहमति भएको छ । दुवै देशको संयुक्त वक्तव्यमा नेपालबाट राँगाको मासु चीन निर्यात गर्न स्वीकृति दिने प्रक्रियालाई तीव्रता दिने र यसबाट दुई देशबीचको व्यापारघाटा न्यूनीकरण हुने अपेक्षा गरिएको उल्लेख छ । तर, राँगाको मासु निर्यातका लागि नेपालको कुनै तयारी देखिँदैन । यहाँसम्म कि सहमति प्रक्रिया अघि बढाउँदा नेपाल अहिलेको अवस्थामा राँगाको मासु निर्यातका लागि सक्षम छ कि छैन भन्ने कुरामा समेत प्रधानमन्त्रीले हेक्का राखेको देखिएन । उत्पादनका हिसाबले नेपाल अहिले नै राँगाभैंसीको मासु निर्यात गर्ने अवस्थामा नरहेको सरकारी अधिकारी नै बताउँछन् । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका प्रवक्ता तथा सहसचिव सवनम शिवाकोटी अर्यालले राष्ट्रिय तथ्यांक कार्यालयले सार्वजनिक गरेको तथ्यांकलाई आधार मान्दा अहिलेको अवस्थामा नेपालबाट राँगाको मासु निर्यात गर्न सम्भव नरहेको बताइन् । तर, तत्कालै निर्यात शुरू गर्ने सहमति भएको नभई निर्यात गर्ने स्वीकृति प्रक्रियालाई तीव्रता दिने सहमति भएकाले प्रयास गर्दा असम्भव नै छ भन्ने अवस्था पनि नरहेको उनले बताइन् । सवनमका अनुसार पछिल्लो समय पशुपालनको लागत बढ्दै जानु, बजार सुनिश्चितताको कमी, सहुलियत कर्जामा किसानको पहुँच नपुग्नु, आफ्नो उत्पादनको समयमै भुक्तानी नपाउनुलगायत कारणले पशुपालनबाट पलायन हुने किसानको संख्या बढ्दै गएको छ । ‘पछिल्लो समय गाईगोरुमा देखिएको लम्पी स्किन रोगका कारण धेरैजसो किसान हतोत्साहित छन् । उनीहरूलाई गाईभैंसीपालनमा सक्रिय बनाउन बीमा प्रवर्द्धनमा हामीले काम गरेका छौं र यसमा आकर्षण बढ्दो पनि छ,’ उनले आर्थिक अभियानसँग भनिन्, ‘भारतबाट ल्याउने भनिएको मुर्रा जातको राँगा ल्याएर हामीले उत्पादन बढाउन सक्यौं भने असम्भव छैन ।’ मुर्रा जातको राँगा नेपाल ल्याउने योजना अहिले प्रक्रियाकै चरणमा छ । यसअघि पनि नेपालबाट राँगाको मासु चीन निर्यात गर्ने विषयमा दुई देशबीच छलफल भएको थियो । तर, यहाँको मासुले मापदण्ड पूरा गर्न नसकेको भन्दै चीनले निर्यात स्वीकृति दिन मानेको थिएन । अहिले चीन सहमत भएकाले नेपालले मापदण्ड पूरा गरेर निर्यातको चरणमा पुग्न सके नेपाली पशुपालक किसानलाई ठूलो फाइदा हुने बताइन्छ । नेपालमा पशुपालन क्षेत्रमा लगानी गर्न केही निजीक्षेत्र र चिनियाँ कम्पनीले समेत इच्छा देखाएको मन्त्रालयले बताएको छ । राष्ट्रिय तथ्यांक कार्यालयका अनुसार नेपालमा राँगाभैंसीको संख्या विस्तारै घट्दै गएको छ ।  कृषि गणना २०५८ अनुसार नेपालमा राँगाभैंसीको संख्या ३४ लाख ७७ हजार रहेकोमा २०७८ मा आइपुग्दा यो घटेर २९ लाख २३ हजार कायम भएको छ । हाल चीनमा नेपालबाट राँगाभैंसीको मासु घुमाउरो बाटो हुँदै गएको छ । भारत, भियतनाम र थाइल्यान्ड हुँदै चीन पुर्‍याइने हुनाले सरकारी अभिलेखमा चीन निर्यात भएको देखिँदैन । अन्य मुलुकको दाँजोमा नेपाली उत्पादन सस्तो पर्ने भएकाले नेपालले राँगाभैंसीको मासु उत्पादन बढाउन सके चीन निर्यातको सम्भावना प्रचुर रहेको बताइन्छ । पशु सेवा विभागका महानिर्देशक डा. उमेश दाहालले राँगाभैंसीको मासु चीन निर्यात गर्न चिनियाँ पक्षले सहजीकरण गर्नेबारे भर्खरै मात्र सहमति जुटेकाले अहिलेको अवस्थामा नेपालको खासै तयारी नभएको जानकारी दिए । तैपनि मासु निर्यात गर्न असम्भव भने नहुने उनको भनाइ छ । नेपालबाट अहिले पनि अवैध रूपमा घुमाउरो बाटो हुँदै चीनसम्म राँगाभैंसीको मासु निर्यात भइरहेकोले त्यसलाई वैधानिक रूपमा निर्यात गर्न लाग्नुपर्नेमा उनले जोड दिए । हाल नेपालबाट चीनमा घाँस निर्यात हुँदै आएको छ । चीनमा नेपाली अमिलो जातका फलफूल निर्यातका लागि आवश्यक पर्ने प्रमाणपत्र उपलब्ध गराउन र नेपालमा क्वारेन्टाइन प्रयोगशाला स्थापनामा सहयोग गर्न पनि चीन तयार छ । याक र च्यांग्र्राको प्रजननका लागि पनि चीनले सहयोग गर्ने बताएको छ ।  चीनले नेपालबाट अमिलो जातका फलफूल आयात गर्ने भन्ने सहमति भएको ४ वर्ष बित्दा चिनियाँ पक्षले चाँसो नदिँदा अहिलेसम्म प्रक्रिया अघि बढ्न सकेको छैन । त्यसैले राँगाभैंसीको मासु निर्यातमा पनि चीनले चासो नदिएर फलफूल निर्यात जस्तै सहमतिमा सीमित हुने हो कि भनेर आशंका गर्नेहरू पनि छन् ।

अब नेपालले घाँस र राँगाको मासु चीनमा बेच्ने

काठमाडौं, ९ असोज । नेपालबाट घाँस र राँगाको मासु चीन निर्यात गर्नेबारे सहमति भएको छ । छिमेकी मुलुक चीनको भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको टोली चिनियाँ टोलीबीच भएको वार्तामा उक्त सहमति भएको हो । आज (मंगलबार) जारी भएको संयुक्त वक्तव्यमा उक्त कुरा उल्लेख छ । ‘नेपाली घाँस चीन निर्यातको दुबै पक्षले स्वागत गरेका […]

चितवनबाट पहिलो पटक पशुपालनका लागि उपयोगी 'हाईलेज' घाँस चीन निर्यात

काठमाडौँ- नेपालमा चितवनबाट पहिलो पटक पशुपालनका लागि उपयोगी 'हाईलेज' घाँस चीन निर्यात सुरु भएको छ । नेपालबाट आधिकारिक रूपमा चितवनको भरतपुरबाट चीनमा (हाईलेज) घाँस निर्यात सुरु भएको हो । चितवनको भरतपुरमा उत्पादित प्याकिङ घाँस ‘हाईलेज’को चीनमा निर्यातको उपप्रधानमन्त्री तथा गृहमन्त्र...

चितवनबाट पहिलो पटक पशुपालनका लागि उपयोगी 'हाइलेज' घाँस चीन निर्यात

काठमाडौँ- नेपालमा चितवनबाट पहिलो पटक पशुपालनका लागि उपयोगी 'हाइलेज' घाँस चीन निर्यात सुरु भएको छ । नेपालबाट आधिकारिक रूपमा चितवनको भरतपुरबाट चीनमा (हाइलेज) घाँस निर्यात सुरु भएको हो । चितवनको भरतपुरमा उत्पादित प्याकिङ घाँस ‘हाइलेज’को चीनमा निर्यातको उपप्रधानमन्त्री तथा गृहमन्त्र...

चीन निर्यात गर्ने घाँस सुक्खा कि हरियो ? ३ दशकदेखि हुँदैछ छलफल

चीनमा घाँस निर्यात गर्दा नेपालमा व्यावसायिक घाँस खेतीमा आकर्षण बढ्ने र आर्थिक क्षेत्रमा सहयोग पुग्ने कृषि मन्त्रालयले जानकारी दिएको छ ।

कस्तो हो चीन निर्यात गर्न लागिएको घाँस?

पशुपन्छी विकास सचिव निरू दाहाल पाण्डे र चिनियाँ विदेश मन्त्री वाङ यीले सुरक्षित रूपमा स्वस्थ घाँस नेपालबाट चीन निर्यात गर्नेसम्बन्धी समझदारीमा हस्ताक्षर गरेका हुन्।

नेपालबाट चीनमा घाँस पनि निर्यात हुने

१२ चैत, काठमाडौं । चिनियाँ विदेशमन्त्री वाङ यीको नेपाल भ्रमणका क्रममा दुई देशबिच भएको नौबुँदे समझदारी मध्येको एउटा बुँदा हो, ‘सुरक्षित रुपमा स्वस्थ घाँस नेपालबाट चीन निर्यात गर्नेसम्बन्धी समझदारी’ । यो समझदारी अनुसार अब नेपालबाट चीनमा घाँस निर्यात हुने छ । तर त्यो घाँस अहिले खेतबारीका कान्लामा भएको घाँस हैन । चीन निर्यात हुने घाँस […]

नेपालले प्रशोधित घाँस चीन निर्यात गर्ने

गाईवस्तुको आहाराका लागि मकै, नेपियर (विकासे घाँस) र जौको हेलेज (प्रशोधित) चीन निर्यात गर्न मन्त्रिपरिषद्द्वारा

प्रशोधित घाँस चीन निर्यात

चितवनमा उत्पादित पशु आहार प्रशोधित घाँस (साइलेज/हाइलेज) चीनमा निर्यात सुरु भएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालय, चिनियाँ राजदूतावास र भरतपुर महानगरपालिकाले शनिबार एक कार्यक्रम आयोजना गरी हाइलेज र साइलेज चीनको तिब्बतीय सहर सिगात्सेतर्फ पठाइएको हो ।