काठमाडौँ : चितवनको रत्ननगरस्थित एकता शिशु निकेतनमा मृत भेटिएकी शालिन पोखरेलको घटनामा प्रधानाध्यापकसहित ३ जनाविरुद्ध मुद्दा दर्ता गरिएको छ।जिल्ला सरकारी वकिलको कार्यालय चितवनले विद्यालयका प्रधानाध्यापक बालहरि देवकोटा, सहायक प्रधानाध्यापक किरणबहादुर अधिकारी र छात्रावासका वार्डेन कमलप्रसाद शर्माविरुद्ध आत्महत्या गर्न दुरुत्साहन गरेको अभियोगमा आज (आइतवार) जिल्ला अदालतमा मुद्दा दर्ता गरेको हो। प्रहरी अनुसन्धानबाट प्राप्त प्रतिवेदनमा बलात्कारपछि हत्या गरिएको प्रमाण नभेटिएपछि शालिनको मृत्युको कारण