मङ्कीपक्सकाे जाेखिम बढेपछि सरकारले भन्याे – ‘विदेशबाट आउनेले २ हप्ता क्वरेन्टिन बस्नु’

काठमाण्डाै – मङ्कीपक्सको संक्रमण फैलिन सक्ने भन्दै सरकारले विदेशबाट आउने नेपाली तथा विदेशी नागरिकलाई क्वरेन्टिन बस्न आग्रह गरेकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले मङ्कीपक्सको संक्रमणबाट बच्न व्यक्तिगत सरसफाई र क्वरेन्टिइनमा बस्ने कुरालाई ध्यान दिनुपर्ने बताउनु भयो । उहाँले विदेशबाट आउने नेपाली नागरिक र विदेशी नागरिकले कम्तिमा दुई हप्ता अनिवार्य क्वरेन्टिनमा बस्ने, सकेसम्म बाहिरी कुनै पनि सामानहरु नछुने र छोइहाले साबुनपानीले तत्काल सफा गर्नुपर्ने बताउनु भयो । सहप्रवक्ता अधिकारीले म...