राजनीतिक दललाई बोलाएर प्रमुख निर्वाचन आयुक्तले दिए वैशाखमा चुनाव गर्न दवाव

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले वैशाखमा स्थानीय तहको निर्वाचन गर्नैपर्ने बाध्यता रहेको राजनीतिक दलहरूलाई स्मरण गराएका छन् ।  राष्ट्रियसभा र स्थानीय निर्वाचनका सन्दर्भमा प्रमुख निर्वाचन आयुक्त थपलियाले शुक्रबार निर्वाचन आयोगको कार्यालयमै बोलाएर वैशाखमा कुनै पनि हालतमा स्थानीय तहको चुनाव हुनुपर्ने भन्दै त्यसका लागि वातावरण बनाउन दवाव दिएका हुन् । शुक्रबारको सर्वदलीय बैठकमा थपलियाले वैशाखमा स्थानीय तहको निर्वाचन गराउन माघको पहिलो हप्तासम्म निर्वाचन घोषणा गरिसक्नुपर्ने बताए । &l