अफगानिस्तानबाट २८८ नेपालीको उद्धार गरियो : परराष्ट्र मन्त्रालय

काठमाडौँ । सरकारले अफगानिस्तानमा रहेका २८८ नेपालीहरूको उद्धार गरेर काठमाडौँ ल्याएको छ । अफगानिस्तानमा तालिबानले सत्ता कब्जा गरेसँगै अलपत्र परेका नेपालीहरूको उद्धार कार्यमा लागेको सरकारले भदौ २ गतेसम्म २८८ जनाको उद्धार गरी नेपाल पुर्‍याइसकेको छ । परराष्ट्र मन्त्रालयका अनुसार भदौ १ गते बिहान ११८ जना, राति ८४ जना र भदौ २ गते बिहान ६१ जना […]

सम्बन्धित सामग्री

थाइल्याण्डमा अलपत्र १३ नेपाली स्वदेश फर्किए

काठमाडौं : थाइल्याण्डमा अलपत्र परेका १३ नेपालीलाई उद्धार गरी स्वदेश फर्काइएको छ।थाइल्याण्ड र म्यानमारको सीमानजिक म्यावड्डीमा लामो समयदेखि अलपत्र परेका १३ जनाको उद्धार गरी नेपाल पठाएको थाइल्याण्डस्थित नेपाली राजदूतावासले जनाएको हो। शुक्रबार विज्ञप्ति जारी गरी दूतावासले थाइ परराष्ट्र मन्त्रालय र त्यहाँको इमिग्रेसन ब्यूरोको सहयोगमा नेपालीको उद्धार गरेको जनाएको छ ।शुक्रबार नै सीमा क्षेत्रबाट ती नेपालीको उद्धार गरेर थाइल्याण्डको मेइसोटतर्फ ल्याई त्यहाँबाट हवाइयात्रा मार्फत बैंकक हुँदै नेपाल एअरल

निर्वाचन अघि नै विदेशमा अलपत्र परेका नेपालीको उद्धार गरिसक्ने सरकारको योजना

वैदेशिक रोजगारीमा गई घाइते, अंगभंग तथा बिरामी भई समस्यामा परेका नेपालीहरूको उद्धार थालिएको छ । परराष्ट्र मन्त्रालय तथा वैदेशिक रोजगार बोर्डले समस्यामा परेका नेपालीहरूको उद्धार थालेको हो । चालु आर्थिक वर्षको हालसम्म ४३ जनाको उद्धार गरिएको वैदेशिक रोजगार बोर्डले जनाएको छ । उद्धार गरिएकामध्ये २६ जना साउदी अरेबियामा थिए । त्यस्तै ९ जना मलेसिया, ५ जना युएई र ३ जना कतारमा रहेका नेपालीको उद्धार गरिएको बोर्डले जनाएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारीमा गई विभिन्न