चरा ठोक्किएको आशङ्का पछि जजिरा एअरलाइन्सको विमान गौतमबुद्ध विमानस्थलमा होल्ड

काठमाण्डाै - चरा ठोक्किएको आशङ्का पछि जजिरा एअरलाइन्सको विमानलाई गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवामा होल्डमा राखिएको छ । १ सय २१ यात्रु लिएर गएराति २ बजेतिर भैरहवामा अवतरण गरेको विमानमा चरा ठोक्किएको आशङ्का गरिएको हो । यात्रुहरु सबै सकुशल छन् । विमान राति नै फर्किने तालिका भए पनि चरा ठोक्किएको आशङ्कामा होल्डमा राखिएको विमानस्थल कार्यालयले जनाएको छ। कार्यालयकाअनुसार प्राविधिकले जाँच गरेपछि मात्रै विमानलाई उडान अनुमति दिइने छ । विमानको बाहिरी भागमा रगत देखिएको तर रनवेमा कतै चरा नदेखिएकाले चरा इन्जिनम...