परदेशीको दशैँ सम्झना : सबैसँगको भेटघाट, टीका जमरा, पिङ र खानेकुराको असाध्यै याद आउँछ

काठमाण्डौ – कमाउन परदेश गएकाहरू सकेसम्म चाडबाडका बेला स्वदेश फर्किने प्रयास गर्छन् । तर सोचेजस्तो हुँदैन । कतिलाई कम्पनीले बिदा दिँदैन त कतिपयलाई चाडबाडकै बेलामा विदेश उड्नु पर्ने बाध्यता पनि हुन्छ । कतिपय श्रमिक भने आफ्नै समस्याले गर्दा मनले चाहे पनि स्वदेश फर्कन सक्दैनन् । यस्तो अवस्थामा आफू स्वदेश हुँदा मनाएको दशैँसम्झँदै मन बुझाउन पर्ने हुन्छ । देशमा जस्तो चाडबाड हुँदैन परदेशमा कमला पाण्डेय तिवारी, इजरायल ।  यसै पनि परदेश लागेपछि घरमा जस्तो चाडपर्व मनाउन सम्भव हुँदैन । एक त परिवारसँग टाढा रहनुपर्दा मन...

सम्बन्धित सामग्री

दसैँँमा बज्ने गीतहरू

सर्वाधिक बज्ने गीत हो ‘दशैं आयो’। फिल्म ‘मुग्लान’मा समावेश गीतले घर आँगनमै दशैं भित्रिएको अनुभूत गराउँछ  लोकनाथ सापकोटाको तयार पारेको शब्दमा स्वर उदितनारायण झा तथा दीपा झाले दिएका छन्। गीतमा सुरेश अधिकारीले सङ्गीत दिएका हुन्। रातो टीका, जमरा, पिङ खेल्दाको...

दशैं उमंग : पिङमा मच्चिँदै 'चाचाहुई… सररर…सै'

दशैंको मुख्य दिन आज विजया दशमी। टीका जमरा लगाएपछि पिङ खेल्नेदेखि आफन्तजनकहाँ आउजाउ चल्छ। दशैंको मुख्य रमाईलो भनेकै गाउँगाउँमा लिंगे पिङदेखि रोटी पिङ खेल्न पाउनु हो। दशैंमा एकपटक भुँई छाड्नुपर्छ भन्ने मान्यताले पनि पिङ खेल्ने गरिन्छ। यसपटक भने कोभिड-१९ महामारीका कारण सरकारले सार्वजनिक रुपमा पिङ नहाल्न आग्रह गरेको छ।

दसैंको आशीर्वाद लाग्छ

अभिनेत्री अशिष्मा नकर्मीलाई पिङ, टीका, जमरा र अशीर्वादका कारण दसैं सधैं विशेष लाग्छ । दसैंमा मान्यजनले दिएको आशीर्वादमा विश्वास गर्ने नकर्मी आफ्नो घरेलु परम्पराअनुसार नबोलाएसम्म मान्यजनकहाँ टीका लगाउन जान्नन् । दसैंका अवसरमा दुर्गा पूजा नहुने उनको परिवारमा नौरथाको अन्तिम दिन भने मालश्री धुन, तबला, गिटार आदि बजाएर दुर्गा विसर्जन गर्ने परम्परा छ ।

नयाँ नोट

दसैंमा तिमीहरूले बिर्सनै नसक्ने कुराहरू केके हुन् ? टीका, जमरा, पिङ, नयाँ लुगा... यस्तै यस्तै । होइन त ? टीकासँगै दक्षिणा पनि आउँछ नि ∕ त्यो पनि नयाँ नयाँ नोट । दसैंमा मान्यजनले टीका र जमरा लगाइदिएर आशीर्वादसँगै दक्षिणा पनि दिनुहुन्छ ।