गण्डकी प्रदेशको उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपात

काठमाण्डाै - गण्डकी प्रदेशको उच्च पहाडी र हिमाली क्षेत्रमा हल्का हिमपात भएको छ । आज पनि यो प्रदेशको केही जिल्लामा हल्का हिमपात हुने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । देशका धेरै ठाउँमा चिसो बढ्दै गएकाे छ ।  हिजोभन्दा आज चिसो बढी महसुस भएको छ । अब क्रमश चिसो बढ्दै जाने माैसमविद्ले बताएका छन् । यस्तै, आज प्रदेश १ र २ मा आंशिकदेखि सामान्य बद्ली रहने भएकाे छ । मौसमविद् निराजन सापकोटाले देशभरका अन्य ठाउँमा भने सामान्यतया मौसम सफा रहने बताउनु भएकाे छ । आज काठमाण्डौमा भने दिनभर घाम लाग्ने उहाँ...

सम्बन्धित सामग्री

बिग्रँदो पर्यावरणबाट पर्यटनमा चिन्तन

पर्यटन र पर्यावरणबीच बलियो सम्बन्ध हुन्छ । अझ नेपालको पर्यटन त पर्यावरणसँग सीधै सम्बद्ध छ किनभने नेपाल आउने पर्यटक यहाँको प्राकृतिक स्वच्छताकै लागि आउने गर्छन् । पर्यटकीय नगरी पोखरा स्वच्छ र सफा भएकै कारण धेरै पर्यटकको रोजाइमा पर्ने गरेको हो । तर, त्यहाँ वायुप्रदूषण बढ्नुका साथै काठमाडौं जस्तै भीडभाडयुक्त शहर बन्न थालेपछि यहाँको पर्यटन समस्यामा पर्ने हो कि भन्ने चिन्ता थपिएको छ । नेपालका अन्य पर्यटकीय क्षेत्रमा पनि यस्तै समस्या देखिन्छ । प्रदूषण र फोहोर स्थानीय समस्या हो । यसले जनस्वास्थ्यमा पर्ने प्रभाव आफ्नो ठाउँमा छ तर पर्यटनमा पर्ने प्रभाव गम्भीर हुन्छ । नेपालले पर्यावरणमा ध्यान नदिने हो भने नेपालका प्रमुख पर्यटन गन्तव्य मानिने पदमार्ग, सम्पदाक्षेत्र र हिमाल आरोहण आदि प्रभावित हुने देखिन्छ । पर्यापर्यटन अहिले विश्वमा निकै चर्चामा रहेको छ । नेपालले पनि पर्यापर्यटनबारे विशेष ध्यान दिनु जरुरी छ । यहाँको प्राकृतिक विविधताको संरक्षण गर्दै दिगो पर्यटनका लागि बलियो आधार तय गर्नुपर्छ । पोखराको वायुप्रदूषण दिनानुदिन बढ्दै गएको छ । सन् २०२२ देखि नै वायूप्रदूषणमापक यन्त्र डिभाइस राखेर तथ्यांक लिन थालेपछि प्रत्येक महीना प्रदूषण बढेको देखिएको छ । यन्त्रबाट मापन गर्दा प्रदूषण बढ्दो क्रममा भेटिएकाले पोखराले वायुप्रदूषण कम गर्ने विषयमा सोच्ने बेला आइसकेको छ । काठमाडौंको प्रदूषण विश्वमै निकै बढी भएको देखिन्छ । वायुप्रदूषण ‘मौन हत्यारा’ मानिन्छ । काठमाडौंको प्रदूषणका कारण श्वासप्रश्वासको रोग लाग्ने र कतिपयको ज्यानै जाने गरेको छ । त्यसैले यहाँको प्रदूषणबाट डराएका कतिपय पर्यटक काठमाडौं ओर्लिएर सीधै पोखरा जाने गरेका छन् । त्यहाँबाट अन्य पर्यटकीय क्षेत्रमा जाने गरेको पनि पाइन्छ । पर्यटक नेपाल आउनुअघि वायुप्रदूषणको मापन चेक गर्छन् । प्रदूषण बढेको भेटिएमा स्वास्थ्य जोखिममा राखेर पर्यटक आउने सम्भावना कमै हुन्छ । त्यसैले नेपालको पर्यटनलाई असर नपार्ने हो भने तत्काल पर्यटनसँग सम्बद्ध क्षेत्रको पर्यावरण थप बिग्रन नदिन तथा सुधार गर्न पहल थाल्नुपर्छ । सगरमाथा क्षेत्र प्रदूषित भएको अन्तरराष्ट्रिय सञ्चारमाध्यमले प्रकाशित गरेका छन् । सगरमाथा चढ्न जानेको भीडको फोटोले हिमाल आरोहीहरूलाई तर्साएकै थियो । पटकपटक हिमाल सफाइ अभियान चलाए पनि ती क्षेत्रमा फोहोरको मात्रा पर्याप्त रहेको देखिन्छ । त्यसैगरी पदयात्रा मार्गमा भएको प्रदूषण र फोहोरबारे पनि पर्यटकले चिन्ता प्रकट गरेका छन् । कतिपय पदमार्गका नजिकैबाट सडक बनाइएका छन् । कच्ची सडकका कारण धूवाँ र धूलोले पदयात्रीलाई नमीठो अनुभव गराएको छ । पदयात्रामा जुन किसिमको नवीन अनुभूति लिन पर्यटक आउँछन्, त्यसमा बाधा पुगेपछि उनीहरूले विकल्प खोज्न सक्छन् । अन्य देशको उदाहरण हेर्ने हो भने पदयात्रामा अवरोध पुग्ने गरी सडक बनाएको पाइँदैन । नेपालको पर्यटन काठमाडौं, पोखरा, सौराहाको त्रिवेणीमा बढी केन्द्रित छ । यी सबै ठाउँमा आन्तरिक पर्यटक र बाह्य पर्यटकका कारण निकै भीडभाड र कोलाहल बढिरहेको छ । प्रदूषण र फोहोर पनि त्यतिकै बढिरहेको छ । जिम्मेवार उपभोगको संस्कृति नहुँदा मानिसमा यी ठाउँको सौन्दर्य नबिगारीकन आनन्द लिने बानी बसिसकेको देखिँदैन । खासगरी आन्तरिक पर्यटकका कारण फोहोर बढेको पाइन्छ । त्यसैले अब पर्यटन क्षेत्रमा गुरुयोजना बनाएर काम थाल्नुपर्छ । पोखरा, काठमाडौंजस्तो शहरमात्रै होइन, पदमार्ग र हिमाल आरोहण क्षेत्र पनि प्रदूषित भइरहेका छन् । रारा जस्तो तालमा पनि फोहोर बढ्न थालिसकेको छ । त्यसैले फोहोर र प्रदूषणबाट पर्यटनलाई जोगाउन स्पष्ट नीति नै आवश्यक भइसकेको छ । पर्यापर्यटन अहिले विश्वमा निकै चर्चामा रहेको छ । नेपालले पनि पर्यापर्यटनबारे विशेष ध्यान दिनु जरुरी छ । यहाँको प्राकृतिक विविधताको संरक्षण गर्दै दिगो पर्यटनका लागि बलियो आधार तय गर्नुपर्छ । हिमालसँग नेपालको पर्यटनको सम्बन्ध छ । हिमालकै कारण धेरै पर्यटक नेपाल आएका हुन् । तर, पर्यावरण बिग्रिएकै कारण हिमालमा हिउँ घट्दै गएको छ । विश्व तापमानमा आएको परिवर्तनको दुष्प्रभाव नेपालमा परेको हो । त्यसैले पर्यावरणीय मुद्दालाई नेपालले बलियोसँग उठाउनुपर्छ । अन्तरराष्ट्रिय प्रयास बेग्लै कुरा हो, तर नेपालले यसमा विशेष तयारी र योजना बनाउन ढिला गर्नु हुँदैन । यतिबेला देशका धेरै ठाउँमा उच्च पहाडी र हिमाली क्षेत्र हिउँले भरिभराउ हुनुपर्ने हो । तर, अहिलेसम्म हिउँ नपर्दा डाँडातिर आन्तरिक र बाह्य पर्यटक उक्लिएका छैनन् । यसबाट पर्यटन व्यवसायी चिन्तित छन् । बाह्य पर्यटकका लागि यो अफ सिजन हो । अघिल्ला वर्षमा हिउँ खेल्न जाने पर्यटकले व्यवसाय धानेको थियो । यसपटक पानी नपरेपछि हिउँ पनि परेन, पर्यटक पनि आएका छैनन् । हिउँ पर्ने समयमा मर्दी हिमाल पदयात्रामा हिउँ खेल्नकै लागि दैनिक २ सयभन्दा बढी पुग्ने गर्थे । तर, यो सिजनमा मुश्किलले ४०/५० जनामात्र आएको स्थानीयको भनाइ छ । सुदूरपश्चिम र कर्णाली प्रदेशका एकाध ठाउँबाहेक कुनै पनि ठाउँमा हिउँ परेको छैन । पानी र हिउँ नपर्नुको मुख्य कारण जलवायु परिवर्तन हो । संसारभर तापक्रम वृद्धि हुँदै गएको छ । ३० वर्ष पहिलाभन्दा एक डिग्री सेल्सियस तापक्रम बढेको छ । समयमै हिमपात नहुँदा पर्यावरणमा आउनसक्ने फेरबदलले हिमाली वन्यजन्तु अन्यत्र स्थानान्तरण हुन सक्ने सम्भावना बढेर गएको छ । त्यसैले पर्यावरण र पर्यटनलाई सँगसँगै लैजानु जरुरी छ । नेपालमा तीव्र रूपमा कच्ची सडक निर्माणले गति लिएको छ । स्थानीय स्तरमा बन्ने यस्ता सडकले पदयात्रा मार्ग बिगारेको छ । जुन शान्तिका साथ पदयात्रा गर्न पर्यटक आतुर छन् तिनले यो अवस्थाको विरोध नै गरेका छन् । त्यही भएर नेपाल आउने पर्यटक अन्य देशमा गइरहेका छन् । हामी पर्यटकको संख्या बढेकोमा दंग छौं । खर्चालु प्रकृतिका पर्यटक जो नेपाल आउँथे ती अन्यत्रतर्फ गइरहेका छन् । तिनका बारेमा हाम्रो ध्यान गएको छैन । पर्यटनको प्रचार जति गरिन्छ त्योभन्दा बढी प्रचार यहाँ आउने पर्यटकले गरेका हुन्छन् । तिनले यहाँको पर्यटनबारे नराम्रो सन्देश दिए भने जतिसुकै प्रचार गरे पनि पर्यटक आउने सम्भावना कम हुन्छ । लेखक पर्यटन व्यवसायी हुन् ।

म्याग्दीमा हिमपात : बाली सप्रिने आसमा किसान (फोटो फिचर)

म्याग्दी : म्याग्दीमा तल्लो पहाडी क्षेत्रसम्मै हिउँ पर्ने गरी हिमपात भएको छ। यस वर्षको यो पहिलो हिमपात हो। हिमपातले माथिल्लो भेगमा सर्वसाधारण घरबाहिर निस्कन सकेका छैनन्।मंगलबार रातिदेखि परेको वर्षासँगै हिमपात भएपछि चिसो अत्यधिक बढेको छ। म्याग्दीको धवलागिरि, मालिका, रघुगंगा र अन्नपूर्ण गाउँपालिकाको हिमाली क्षेत्र अधिकांश हिउँले ढाकिएको छ।मंगला गाउँपालिका र बेनी नगरपालिकाको समेत उच्च पहाडी क्षेत्रमा हिमपात भएको छ। वर्षा र हिमपातले ग्रामीण यातायात प्रभावित भएको छ। हिमपातको कारण माथिल्लो भेगका विद्य

हावा मडारिएर चीनतर्फ लागेपछि पानी पर्ने सम्भावना घट्यो

काठमाण्डाै – नेपालमा प्रवेश गरेको पश्चिमी न्यून चापीय प्रणालीको हावा मडारिएर हिमाली क्षेत्र हुँदै चीनतर्फ लागेपछि नेपालमा ठूलो पानी पर्ने सम्भावना घटेको छ । लामो समयदेखि पानी नपर्दा सुख्खा बढेका बेला पश्चिमी न्यून चापीय प्रणालीले नेपालमा पानी पार्ने आशा बढेको भए पनि हावा चीनतर्फ मडारिएकाले पानी पर्ने सम्भावना कम भएको मौसमविद् निराजन सापकोटाले बताउनुभयो । अहिले देशभरको उच्च पहाडी तथा हिमाली क्षेत्रमा सामान्यदेखि मध्यम खालको हिमपात र काठमाण्डौ उपत्यकासहित पश्चिम पहाडमा सामान्य पानी परेको छ । हावा...

लुक्लामा हिमपातले ढपक्कै ढाक्‍यो हेलिकोप्टर, सात फोटो

काठमाडौं : मंसिरमा परेको हिउँदे झरीपछि बिहीबार रातिदेखि हिमाली र उच्‍च पहाडी भेगमा हिमपात भएको छ। उच्च हिमाली क्षेत्र मुगु, डोल्पा, मनाङ, मुस्तङ, सोलुखुम्बु, ओखलढुंगालगायत विभिन्न जिल्लामा हिमपात भएको छ। हिमपातकै कारण शुक्रबार डोल्पाको जुफाल विमानस्थलबाट उडान हुन सकेन। त्यस्तैगरी, सोलुखुम्बुको लुक्ला क्षेत्रमा भार...