अत्यावश्यक खाद्य पदार्थ अभाव हुन नदिन संसदीय समितिको निर्देशन
प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले चाडपर्वका समयमा अत्यावश्यक खाद्य पदार्थको अभाव हुन नदिन सरकारलाई निर्देशन दिएको छ । चिनी, चामल, गहुँलगायतका अतिआवश्यक खाद्यवस्तुको अभाव हुन नदिन समितिले सरकारलाई निर्देशन दिएको हो ।