धरहरा पुनर्निर्माणको काम भौतिकतर्फ ७० प्रतिशत सम्पन्न
धरहरा पुनर्निर्माणको काम भौतिकतर्फ ७० प्रतिशत सम्पन्न भैसकेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जनाएको छ । प्राधिकरणका सिईओ सुशील ज्ञवालीले धरहरा पुनर्निर्माणको काम लगभग ७० प्रतिशत सम्पन्न भैसकेको बताउनुभएको छ ।
काठमाडौं : पूर्वप्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गत ११ वैशाखमा तामझामका साथ काठमाडौंमा ऐतिहासिक धरहराको उद्घाटन गरे। ओलीले धरहरा उद्घाटन गरेको एक वर्ष बित्यो तर निर्माण सम्पन्न हुन सकेको छैन।५० प्रतिशत मात्र निर्माण भएको अवस्थामा उद्घाटन गरिएको धरहराको काम यतिवेला ७० प्रतिशत मात्र सकिएको छ। धरहराको मुख्य कामसमेत नसकिएको अवस्थामा हतार-हतार उद्घाटन गरिएको धरहराको वरिपरिको निर्माण अझै सकिएको छैन।राष्ट्रिय पुनःनिर्माण प्राधिकरण र रमन कन्स्