दिल्लीबाट काँकडभिट्टा आएका आठ जनामा एन्टिजिन पोजेटिभ

झापा : पूर्वी नाका काँकडभिट्टाबाट नेपाल प्रवेश गरेका आठ जनामा कोरोना भाइरसको एन्टिजिन पोजेटिभ देखिएको छ। आठ जनामा एन्टिजिन पोजेटिभ देखिएसँगै जिल्लामा आइतबार १२ जना कोरोना संक्रमित थपिएका छन्।स्वास्थ्य कार्यालय झापाका फोका पर्सन जीवन चौलागाईले काँकडभिट्टाबाट नेपाल प्रवेश गरेका तीन महिला र पाँच जना पुरुषमा एन्टिजिन पोजेटिभ देखिएको बताए। उनीहरू सबै भारतको दिल्लीबाट आएको इलाका प्रहरी कार्यालय काँकडभिट्टाका डिएसपी सुनिल दाहालले जानकारी दिए। उनका अनुसार झापा बुद्धशान्ति र दमकका एक÷एक जना, सुर्ख