बस्ती संरक्षणका लागि कालीगण्डकीमा तटबन्ध

बागलुङ– बागलुङ नगरपालिका–१ स्थित मालढुङ्गा क्षेत्रको बस्ती कालीगण्डकी नदीको उच्च जोखिममा परेपछि तटबन्ध गर्न थालिएको छ । जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालय बागलुङमार्फत तटबन्ध निर्माण जारी छ । चालू आर्थिक वर्षमा गण्डकी प्रदेश सरकारले विनियोजन गरेको ७० लाखबाट मालढुङ्गा बस्ती संरक्षणको काम भइरहेको जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालय बागलुङका इञ्जिनियर दीपेन्द्र पौडेलले जानकारी दिए । […]

सम्बन्धित सामग्री

बस्ती संरक्षणका लागि कालीगण्डकीमा तटबन्ध

ढोरपाटन । बागलुङ नगरपालिका–१ स्थित मालढुङ्गा क्षेत्रको बस्ती कालीगण्डकी नदीको उच्च जोखिममा परेपछि तटबन्ध गर्न थालिएको छ ।जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालय बागलुङमार्फत तटबन्ध निर्माण जारी छ । चालू आर्थिक वर्षमा गण्डकी प्रदेश सरकारले विनियोजन गरेको रु ७० लाखबाट मालढुङ्गा बस्ती संरक्षणको काम भइरहेको जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालय बागलुङका इञ्जिनियर दीपेन्द्र पौडेलले बताए । […]

बस्ती जोगाउन कालीगण्डकीमा तटबन्ध

बागलुङ । अत्यधिक दोहनका कारण जोखिममा रहेका कालीगण्डकी नदी किनारका बस्ती जोगाउन कालीगण्डकीमा तटबन्ध गर्न थालिएको छ । नदीले बहाव परिवर्तन गर्दा पछिल्लो समय त्यस क्षेत्रमा तीव्ररूपमा कटान हुँदै आएको छ । कालीगण्डकीले मालढुंगास्थित पक्की पुल भएको क्षेत्रमा बढी कटान गरेको छ । उक्त क्षेत्रमा हाल तटबन्ध निर्माण गरिँदै छ । अवैध रूपमा हुने दोहनका कारण कालीगण्डकीको बहाव परिवर्तन भएर बस्तीमा पस्न थालेपछि यसै वर्षदेखि मालढुंगामा तटबन्ध कार्य थालिएको हो । कालीगण्डकीले बागलुङतर्फ बढी कटान गरिरहेकोले मालढुंगा बस्ती जोगाउन जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालयले तारजालीसमेत हाल्न थालेको हो । चालू आर्थिक वर्षमा मालढुंगाको तटीय बस्ती, मालढुंगा प्रहरी चौकी, मन्दिरलगायत संरचना जोगाउन रू. ९० लाख विनियोजन गरिएको छ । रू. ६५ लाख खर्च गरी पक्की पर्खाल बनाइएको जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालयका निमित्त डिभिजन प्रमुख झलकमोहन ओझाले जानकारी दिए । ‘जिल्लामा संघीय आयोजनामार्फत १४ र गण्डकी प्रदेश सरकारअन्तर्गतका २० योजना सञ्चालित छन्,’ उनले भने । कालीगण्डकी नदी, काठेखोला, निसीखोला, बडिगाड खोला, दरमखोला र गौदीखोलालगायत नदीको कटान रोकी नदीलाई आफ्नै धारमा बगाउन तटबन्ध गरिँदै आएको उनको भनाइ छ । त्यस्तै बागलुङको प्रवेशद्वार कालीगण्डकी नदीमाथि निर्माण भएको पुलसमेत कटानले जोखिममा परेपछि सडक डिभिजन कार्यालयले सो क्षेत्रमा पर्खाल निर्माण गरेको छ । चालू आवमा संघीय र प्रदेशका ४३ नदी नियन्त्रणका योजनामध्ये २० भन्दा बढीको काम सम्पन्न भइसकेको कार्यालयले बताएको छ । चालू आवमा नदी नियन्त्रणका लागि संघीय सरकारले रू. दुई करोड ५० लाख र गण्डकी प्रदेश सरकारले रू. दुई करोड ४७ लाख विनियोजन गरेको छ । रासस

बस्ती जोगाउन कालीगण्डकीमा तटबन्ध

अत्यधिक दोहनका कारण कालीगण्डकी नदी किनारका बस्ती जोखिममा छन् । बस्ती जोगाउन कालीगण्डकीमा तटबन्ध गर्न थालिएको छ ।