शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले जनताको जीवनस्तर बदल्ने गरी संविधान संशोधन गर्ने बताएका छन् ।बुधबार बागलुङको तमानखोला गाउँपालिका वडा नम्बर ५ र ६ को चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, “जनताको जीवनस्तर बदल्नका लागि लेखिएको दस्ताबेज संविधान हो । यो जनताको आवश्यकता अनुसार संविधान परिमार्जन गछौं ।” उनले विभिन्न प्रकारका समस्या र अप्ठ्यारो आउँदा लोकतान्त्रिक र वामपन्थी शक्ति मिलेर अघि बढेको बताए । लामो समयको बलिदानबाट प्राप्त उपलब्धिलाई तत्कालीन प्रधा