धनुषा-२ मा नेपाली कांग्रेसका रामकृष्ण यादव विजयी

धनुषा - धनुषा निर्वाचन क्षेत्र नं.२ बाट प्रतिनिधि सभा सदस्यमा नेपाली कांग्रेसका उम्मेदवार रामकृष्ण यादव विजयी हुनुभएकाे छ। यादवको २० हजार ११२ मत आएको छ भने उहाँका निकटतम् प्रतिस्पर्धी नेकपा एमालेका उमाशङ्कर अरगरियाले १९ हजार ९५५ मत पाउनु भएको निर्वाचन आयोगले जनाएको छ । तेस्रो भएका एकीकृत समाजवादी पार्टीका रामचन्द्र झाले १३ हजार ६०५ मत ल्याउनु भएकाे छ। निर्वाचित रामकृष्ण यस क्षेत्रबाट संविधान सभा १ र २ मा गरी दुई पटक सांसदमा जितेर मन्त्रीसहित लेखा समितिका संयोजक भइसक्नुभएकाे छ।