प्रतिनिधिसभा सदस्य पदम गिरीले नयाँ सरकार बनेपछि सरकारी जग्गा बेचबिखनमा मुछिएका विजयकुमार गच्छदार छुटिसकेका र आफ्ताव आलम छुट्ने त होइनन् भनेर प्रश्न गरेका छन् ।
मंगलवारको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद गिरीले यो सरकारले त्यस्ता प्रवृत्तिलाई समर्थन गर्ने त होइन भन्ने जनतामा चिन्ता बढिरहेको बताए ।
सांसद गिरीले भने, ‘ललितानिवासको सरकारी जग्गा बेचबिखन गरेर खाने विजय गच्छदार जस्ता मान्छे सामान्य धरौटीमा छुट्न शुरूआत भइसकेको छ । कतिसम्म दुर्भाग्य कुरा हो ? भोलि कतै १२–१२ जना मजदुरलाई भट्टिमा पोल्ने अफ्ताव आलम ज...