काठमाडौँ । चिनियाँ विदेश मन्त्री वाङ यीको नेपाल भ्रमणका क्रममा तमोर जलाशययुक्त जलविद्युत् आयोजनाको विषयलाई उच्च प्राथमिकतामा राख्न सांसदहरुले सरकारलाई ध्यानाकर्षण पत्र बुझाएका छन् । प्रदेश १ को ताप्लेजुङ, पाँचथर, तेह्रथुम र धनकुटा जिल्लाका सांसदहरुले चिनियाँ विदेशमन्त्रीको नेपाल भ्रमणका क्रममा यो आयोजना निर्माणको विषय उठाउन परराष्ट्रमन्त्री नारायण खड्कालाई भेटेर आज (बिहीबार) ध्यानाकर्षण पत्र बुझाएका हुन् […]