टिकटकमा ‘ब्लाक लाइभ म्याटर’ बायो राख्न नपाउने

एजेन्सी। चिनियाँ सर्ट भिडियो कम्पनी टिकटकका प्रयोगकर्ताले आफ्नो बायोमा ‘ब्ल्याक’ र ‘ब्ल्याक लाइभ म्याटर’ राख्न नपाउने भएका छन्। फोब्र्सका अनुसार प्रयोगकर्तालाई टिकटकले आफ्नो एकाउन्टमा रंगभेदीविरुद्धको बायोमा राख्न नदिने निर्णय गरेको हो। टिकटक चिनियाँ कम्पनी बाइटडान्स अन्तर्गतको कम्पनी हो। यसले अघिल्लो सातादेखि तीन मिनेटसम्मको भिडियो राख्न पाउने व्यवस्था मिलाएको थियो।