काठमाडौँ : आयरल्याण्ड ए विरुद्धको टी–२० सिरिजको पहिलो खेलमा नेपालले जितका लागि १२२ रनको लक्ष्य पाएको छ। तर आशिफ शेख १६ र कप्तान रोहित पौडेल शून्यमा आउट भएका हुन्। त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस जितेर शुरुवाती ब्याटिङ थालेको आयरल्याण्ड ए ले निर्धारित ओभरमा सबै विकेट गुमाउँदै १२१ रन बनायो।