काठमाडौँ । प्रतिनिधिसभाको कार्यव्यवस्था परामर्श समिति बैठक जारी छ । बानेश्वरस्थित संसद् भवनको शङ्कर हलमा बैठक जारी छ । बैठकमा प्रमुख प्रतिपक्षी नेकपा (एमाले) अनुपस्थित छ । आजको संसद् बैठकमा अमेरिकी सहायता परियोजना (एमसिसी) पेस नहुने भए पनि कार्यव्यवस्थाको बैठकमा त्यसबारे छलफल हुने बताइएको छ ।