माओवादीको राष्ट्रिय सम्मेलनमा १‚५३३ प्रतिनिधि सहभागी हुने, तामझाम नगरिने

काठमाडौं : नेकपा (माओवादी केन्द्र)को राष्ट्रिय सम्मेलनमा १ हजार ५ सय ३३ प्रतिनिधि सहभागी हुने भएका छन्। पुस ११ देखि १३ गतेसम्म प्रज्ञाभवन कमलादीमा हुने सम्मेलनको तयारी तीव्र पारिएको प्रवक्ता कृष्णबहादुर महराले बताए।प्रदेशबाट प्रतिनिधित्व गर्ने संख्या ८०३, आयोजकका तर्फबाट १७९, सल्लाहकारबाट १४९, केन्द्रीय प्रतिनिधि २७, ज्येष्ठ कम्युनिष्ट मञ्चबाट १२५, केन्द्रीय विभागबाट १०२ र आयोगबाट ७५ प्रतिनिधि सहभागी हुने उनले बताए। प्रवक्ता महराले भने, ‘नयाँ क्रान्तिकारी नयाँ पार्टी र क्रान्तिका

सम्बन्धित सामग्री

माओवादीको राष्ट्रिय सम्मेलन : १,५३३ प्रतिनिधि सहभागी हुने

नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रको पुस ११ देखि १३ गतेसम्म हुने प्रथम राष्ट्रिय सम्मेलनमा १ हजार ५ सय ३३ जना प्रतिनिधि सहभागी हुने भएका छन् । विचारका साथै पार्टी निर्माणको नयाँ योजना तय गर्न राष्ट्रिय सम्मेलन आयोजना गर्न लागेको बताएको माओवादीले राष्ट्रिय सम्मेलनमा कुनै तामझाम पनि नगर्ने र विदेशी पाहुना पनि नबोलाउने निर्णय गरेको छ ।

तस्बिरमा हेर्नुहोस् अखिल क्रान्तिकारीको राष्ट्रिय सम्मेलनको तामझाम

नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीको २२ औं राष्ट्रिय सम्मेलन राजधानीमा सुरु भएको छ । कमलादीमा सम्मेलनको उद्घाटन माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले गरेका छन् भने अन्य शीर्ष नेताहरुको पनि सहभागिता रहेको छ। यस्तै देशभरबाट उल्लेख्य संख्यामा विद्यार्थीहरुको सहभागिता रहेको सम्मेलनको उद्घाटनमा तामझाम गरिएको छ । अखिलका अनुसार सम्मेलनका लागि देशभरबाट ७९९ प्रतिनिधि सहभागी भएका छन्  । यसअघिका सम्मेलनमा २२ सयको हाराहारीका प्रतिनिधिहरुको सहभागिता हुने भए पनि कोरोना महामारीलगायतका का