नेपालसँग द्विपक्षीय सम्बन्ध प्रबद्र्धन गर्न पाकिस्तान तत्पर छ : प्रधानमन्त्री खान

इस्लामाबाद । पाकिस्तानका प्रधानमन्त्री इमरान खानले पाकिस्तान र नेपालबीचको सम्बन्धलाई अझ प्रवद्र्धन गर्न आफू तत्पर रहेको बताएका छन् । पाकिस्तानका लागि नेपाली राजदूत तापस अधिकारीसँग मङ्गलबार भएको भेटमा उनले पारस्परिक सम्बन्ध प्रवद्र्धनका निम्ति नेपालसँग सहकार्य गर्न आफू उत्सुक रहेको बताएको इस्लामाबादस्थित नेपाली राजदूतावासले जनाएको छ । राजनीतिमा प्रवेश गर्नुअघि स्वतन्त्र नागरिकका रूपमा आफूले गरेको नेपाल […]

सम्बन्धित सामग्री

प्रधानमन्त्री खानविरुद्ध संसदमा पेस भएको अविश्वासको प्रस्तावमाथि आज मतदान

पाकिस्तानका प्रधानमन्त्री इमरान खानविरुद्ध संसदमा पेस भएको अविश्वासको प्रस्तावमाथि आइतबार पाकिस्तानको तल्लो सदन नेसनल एसेम्ब्लीमा मतदान हुँदैछ । उनीविरुद्ध  ल्याइएको अविश्वासको प्रस्ताव पारित भएमा प्रधानमन्त्री खान स्वतः पदमुक्त हुनेछ । ३४२ सदस्य रहेको सदनमा गत साता खानको पाकिस्तान तेहरिक–इ–इन्साफ (पीटीआई) ले बहुमत गुमाएको थियो । गठबन्धनका केही सांसदहरु सरकारको विपक्षमा उभिएका थिए । त्यस्तै पीटीआईकै सांसदहरूले पनि खानविरुद्ध विद्रोह गरेका थिए । पूर्व क्रिकेटरसमेत

पाकिस्तान : इमरान खान नेतृत्वको सरकार अल्पमतमा, तल्लो सदनमा बहुमत गुमायो

पाकिस्तानी प्रधानमन्त्री इमरान खानको सरकार अल्पमतमा परेको छ । विपक्षी पार्टीहरुले संसदमा अविश्वास प्रस्ताव अघि बढाइरहेको बेला सत्ता साझेदार मुत्ताहिदा क्वामी मुभमेन्ट एमक्यूएम विपक्षी मोर्चामा मिल्ने निर्णय गरेसँगै खानको सरकार अल्पमतमा परेको हो । सत्ता साझेदार दल  एमक्यूएमले समर्थन फिर्ता गरेसँगै खान नेतृत्वको सरकारले तल्लो सदनमा बहुमत गुमाएको छ । संसदमा सरकार समर्थक सांसदको संख्या एक सय ६४ छ भने विपक्षी सांसदको संख्या एक सय ७७ छ । बहुमतका लागि एक सय ७२ सांसदको आवश्यक पर्ने हुन्छ । विपक्षी दलले प्रधानमन्त्री खान विरुद्...

पाकिस्तान पश्चिमा दबाबसामु झुक्दैन : प्रधानमन्त्री खान

पाकिस्तानी प्रधानमन्त्री इमरान खान पुनः एकपटक विदेशी शक्ति विरुद्ध खनिएका छन् । रुसले युक्रेनमा गरेको आक्रमणको चौतर्फी विरोध भैरहेका बेला उनको यस्तो प्रतिक्रिया आएको हो ।  ‘हामीले यो साढे ३ वर्षको अवधिमा पाकिस्तानको समृद्धिका लागि प्रयास गरेका छौ,’ खानले भने ।रुस विरुद्ध खनिएका अन्तर्राष्ट्रिय समूहको निन्दा गर्न किन पाकिस्तानले बेवास्ता गर्यो भन्ने जिज्ञासाकै बीच उनले उक्त प्रतिक्रिया दिएका हुन् । इयू लगायत जापान, स्वीटजरल्यान्ड, क्यानडा, यूके र अस्ट्रेलिया लगायतका झन्डै २ दर्जन

रुसको विपक्षमा उभियो नेपाल, भारत र पाकिस्तान पहिलो पटक एकै कित्तामा

संयुक्त राष्ट्र संघको महासभामा युक्रेनमाथिको संकटबारे भएको मतदानमा बहुमतले रुस विरुद्दको निन्दा प्रस्ताव पारित भएको छ । १४१ देशले रुस विरुद्दको निन्दा प्रस्तावमा मत दिएका हुन् भने ५ देशले निन्दा प्रस्तावको विपक्षमा मत दिएका हुन् । यस प्रस्तावमा रुस युक्रेनबाट आफ्नो सैनिकहरुलाई बीना सर्त फिर्ता बोलाउनुपर्ने उल्लेख छ। महासभामा कुल १९३ देशहरुमा नेपाल सहित १४१ देशहरुले रुसको विरुद्द भोटिङ गरेका हुन् भने ५ देशहरुले रुसको पक्षमा भोट गरेका छन्। महासभामा आफु विरुद्द प्रस्ताव पास भएकाले रुसका विदेश मन्त्रीले आफुलाई कयौं मित्र राष्ट्रहरुबाट साथ र सहयोग मिलेको तर पश्चिम राष्ट्र आफुहरुलाई टुक्राउन लागि परेको प्रतिकृया दिए। रुसको युक्रेन विरुद्दको आक्रमणको पक्षमा रुस सहित ५ देशहरुले भोट गरे। तर ३५ देशहरुले भने भोटिङमा भाग लिएर तटस्थ अर्थात् कुनै पनि पक्षमा खुलेनन्। भारत, पाकिस्तान, चीन, बंगलादेश र श्रीलंका पनि तटस्थ रही कुनै पनि पक्षमा खुलेनन् । रुसले जबर्जस्ती बल प्रयोग गरेर युक्रेनबाट खोसेको कुनै पनि हिस्सालाई मान्यता नदिने महासभामा पास भएको प्रस्तावमा भनिएको छ। यसको साथै युक्रेनबाट तत्कालै पूर्ण रुपमा बीना सर्त रुसले आफ्ना सेनाहरु फिर्ता बोलाउनुपर्ने उल्लेख छ।भोटिङमा सामेल भएर पनि कतै भोट नदिएको तथा युक्रेन विरुद्द रुसको आक्रमणको विपक्षमा नउभिएको भन्दै भारतमा त्यहाँका प्रधानमन्त्री नरेन्द्र मोदीको चर्को आलोचना भएको छ। भारतको यो निर्णयलाई त्यहाँका विश्लेषकहरुले भारतलाई पश्चिमी राष्ट्र र रुसबीचको सन्तुलन बनाउन धेरै अप्ठ्यारो भईरहेको विश्लेषण गरेका छन्। भारत र पाकिस्तान एकसाथमहासभामा रुस विरुद्दको भोटिङमा भारत सहित पाकिस्तान पनि तटस्थ बसेको छ। भारत र पाकिस्तान महासभामा रुस विरुद्दको भोटिङमा तटस्थ रहेका छन्। यसको साथसाथै बंगलादेश र श्रीलंकाले पनि यस्तै गरेका छन्। बंगलादेशको सम्बन्ध सुरुबाटै रुससंग राम्रो रहेको छ।पाकिस्तानका प्रधानमन्त्री इमरान खानले रुसको प्राकृतिक ग्याँसको आयातमा सम्झौता गरेका छन्। जब विश्वभरका देशहरु रुसलाई युक्रेन विरुद्द आक्रमण गर्ने बिषयमा फरक फरक मत दिइरहेका थिए त्यो बेला पाकिस्तानका प्रधानमन्त्री खान रुसको साथ व्यापारिक सम्झौता गरिरहेका थिए। चीनसंगको निकटतासंगै पछिल्लो समय पाकिस्तानले रुससंगको सम्बन्ध विस्तार गरिरहेको छ। नेपाल विपक्षमा छिमेकी राष्ट्र चीन, भारत रुस विरुद्दको भोटिङमा तटस्थ बस्दा नेपालले भने रुसको विपक्षमा भोट गरेको छ। सार्क राष्ट्रमा रुस विरुद्द भोटिङ गर्ने राष्ट्रमा नेपाल, अफगानिस्तान, माल्दिभ्स मात्रै रहेका छन्। भारत, पाकिस्तान, श्रीलंका, भुटान, बंगलादेश तटस्थ बसेका छन् ।

नेपालसंगको सम्बन्ध प्रवद्र्धन गर्न पाकिस्तान तत्पर : प्रधानमन्त्री खान

पाकिस्तानका प्रधानमन्त्री इमरान खानले पाकिस्तान र नेपालबीचको सम्बन्धलाई अझ प्रवद्र्धन गर्न आफू तत्पर रहेको बताउनुभएको छ । पाकिस्तानका लागि नेपाली राजदूत तापस अधिकारीसँग मङ्गलबार भएको भेटमा उहाँले पारस्परिक सम्बन्ध प्रवद्र्धनका निम्ति नेपालसँग सहकार्य गर्न आफू उत्सुक रहेको बताउनुभएको इस्लामाबादस्थित नेपाली राजदूतावासले जनाएको छ । राजनीतिमा प्रवेश गर्नुअघि स्वतन्त्र नागरिकका रूपमा आफूले गरेको नेपाल भ्रमणको स्मरण …

पाकिस्तान नेपालसँग सधैं मिलेर काम गर्न चाहन्छ : पाकिस्तानी प्रधानमन्त्री खान

पाकिस्तानी प्रधानमन्त्री इमरान खानले नेपालसँग सधैं मिलेर काम गर्न चाहेको बताएका छन् । पाकिस्तानका लागि नेपाली राजदूत तापस अधिकारीसँग बुधबार इस्लामाबादस्थित प्रधानमन्त्री कार्यालयमा भएको शिष्टाचार भेटमा प्रधानमन्त्री खानले नेपालसँगको सम्बन्धलाई अझ सुदृढ गर्न चाहेको उल्लेख गरे ।

पाकिस्तान क्रिकेट बोर्डको प्रमुखमा रामिज राजा चयन

२८ भदौ, काठमाडौं । रामिज राजा पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी)को अध्यक्ष बनेका छन् । उनी तीन वर्षका लागि पीसीबीको अध्यक्षमा निर्विरोध चयन भएका हुन् । गत महिना पाकिस्तानका प्रधानमन्त्री इमरान खानले राजालाई बोर्डको प्रमुखको रुपमा मनोनित गरेका थिए । सोमबार लाहोरमा भएको बैठकमा उनी सर्वसम्मत रुपमा निर्वाचित भएका हुन् । १९९२ को विश्वकपमा प्रधानमन्त्री खान […]

प्रधानमन्त्री खान पाकिस्तानी काश्मिर भ्रमणमा, नयाँ नीति घोषणा गर्ने सम्भावना

पाकिस्तान । पाकिस्तानका प्रधानमन्त्री इमरान खानले बुधबार पाकिस्तानी काश्मिरको भ्रमण गरेका छन् । प्रधानमन्त्री खानले काश्मिर भ्रमण पश्चात नयाँ नीति...