कर्पोरेट डेभलपमेन्ट बैंकको अवितरित हकप्रद चैत १६ गतेदेखि लिलामीमा

चैत ९, काठमाडौं । कर्पोरेट डेभलपमेन्ट बैंक लिमिटेडले चैत १६ गतेदेखि अवितरित हकप्रद शेयर लिलामी प्रक्रियाबाट विक्री खुला गर्ने भएको छ । कम्पनीले गत माघ ७ गतेदेखि फागुन १६ गतेसम्म विक्री खुला गर्दा वितरण हुन नसकेको सर्वसाधारण समूहतर्फको १ लाख २० हजार १२० कित्ता शेयर लिलामी प्रक्रियाबाट विक्री गर्न लागेको हो । यो शेयर खरीदका लागि चैत २४ गतेसम्म गोप्य शिलबन्दी बोलपत्र पेश गर्न सकिनेछ । यो शेयरको न्यूनतम मूल्य रू. १०० तोकिएकाले सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नुपर्नेछ । उक्त शेयरमा बोलपत्र पेश गर्दा न्यूनतम १०० कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्न सकिने व्यवस्था छ । शेयर विक्री प्रबन्धकमा सिभिल क्यापिटल मार्केट लिमिटेड रहेको छ । बोलपत्र विक्री प्रबन्धकसँगै सिभिल बैंकका शाखा कार्यालय विराटनगर, वीरगञ्ज, पोखरा, सुर्खेत नेपालगञ्ज, धनगढी तथा कर्पोरेट डेभलपमेन्ट बैंकका रजिष्टर्ड तथा शाखा कार्यायहरुमा प्राप्त गर्न र पेश गर्न सकिनेछ ।

सम्बन्धित सामग्री

बैंक तथा वित्तीय संस्थालाई कारबाही

नेपाल राष्ट्र बैंकले चार वटा डेभलपमेन्ट बैंक र एक फाइनान्स कम्पनीलाई कारबाही गरेको छ । बैंकअन्तरगतको वित्तीय संस्था सुपरीवेक्षण विभागले गैरस्थलगत सुपरीवेक्षणको आधारमा ती बैंक तथा वित्तीय संस्थालाई कारबाही स्वरूप नगद जरिवाना गरिएको जनाएको छ । केन्द्रीय बैंकले नियम विपरीत काम गरेको भन्दै कर्पोरेट डेभलपमेन्ट बैंक, सालपा विकास बैंक, नारायणी डेभलपमेन्ट बैंक र सप्तकोशी डेभलपमेन्ट […]

कर्पोरेट डेभलपमेन्ट बैंकको हकप्रदमा आवेदन दिने म्याद थप

कर्पोरेट डेभलपमेन्ट बैंक लिमिटेड माघ ७ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको हकप्रद शेयरमा आवेदन दिने म्याद थप गरेको छ। बैंकले हाल कायम १ कित्ता शेयर बराबर नयाँ १.५ कित्ता शेयरको अनुपातमा हकप्रद शेयर निष्काशन खुला गरेको थियो। सो हकप्रद शेयरका लागि लगानीकर्ताले अब फागुन १३ गतेसम्म आवेदन दिन सक्नेछन्। यसअनुसार बैंकले एक सय रुपैयाँ अंकित दरका ३० करोड रुपैयाँ बराबरको ३० लाख कित्ता हकप्रद जारी गरेको हो। हकप्रद निष्काशनका लागि बैंकले पुस २६ गते शेयर दाखिला खारेजी (बुकक्लोज) गरेको थियो। यसअनुसार पुस २५ ग...

आज यी कम्पनीको शेयरमुल्यमा उच्च बृद्धि

काठमाडौं, २८ पुस । शेयरबजारमा आज सबैभन्दा धेरै कर्पोरेट डेभलपमेन्ट बैंक र निफ्राको शेयरमुल्यमा उच्च बृद्धि भएको छ । यी दुई कम्पनीका लगानीकर्ताले आज १० प्रतिशतले कमाएका छन् । नारायणी डेभलपमेन्ट बैंकका लगानीकर्ताले ९ दशमलव ९८ प्रतिशतका दरले शेयरमुल्य बृद्धि भएको छ भने मध्य भोटेकोशीका लगानीकर्ताले ९ दशमलव ९८ प्रतिशतका दरले कमाएका छन् ।

आज यी कम्पनीको शेयरमुल्यमा उच्च बृद्धि

काठमाडौं, २७ पुस । आज शेयर बजार नेप्से उच्च अंकले बृद्धि हुँदा केही कम्पनीको शेयरमुल्यमा सर्वाधिक बृद्धि भएको छ । आज सबैभन्दा धेरै नारायणी डेभलपमेन्ट बैंकको शेयरमुल्यमा बृद्धि भएको छ । आज नेपाल फाइनान्स कम्पनी, पोखरा फाइनान्स कम्पनी, कर्पोरेट डेभलपमेन्ट बैंक र मध्यभोटेकोशीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । त्यस्तै, सिभिल लघुवित्तका लगानीकर्ताले ९ […]

कर्पोरेट डेभलपमेन्ट बैंकसहित ३ ओटा कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट

पुस २७, काठमाडौं । साताको तेस्रो कारोबार दिन बजार खुलेको सवा एक घण्टाको अवधिमा कर्पोरेट डेभलपमेण्ट बैंकसहित तीन ओटा कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । कारोबारमा आएका २०९ ओटा धितोपत्रमध्ये कर्पोरेट डेभलपमेन्ट बैंक,ग्रीन लाइफ हाइड्रोपावर र मध्य भोटेकोशी जलविद्युत् कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको हो । ती तीन ओटा कम्पनीको शेयरमूल्य अघिल्लो कारोबार दिनको तुलनामा यो दिन १० प्रतिशतका दरले मूल्य वृद्धि भएको छ । कर्पोरेट डेभलपमेन्ट बैंकको शेयरमूल्य रू. ५५० दशमलव २०,ग्रीनलाइफ हाइड्रोपावरको रू. ५०१ दशमलव ६० र मध्य भोटेकोशी जलविद्युत् कम्पनीको शेयरमूल्य रू. ३१३ दशमलव ५० पुगेको छ । बजार बढेसँगै ती तीन ओटै कम्पनीको शेयरमा विक्रेताभन्दा क्रेता धेरै भएकाले शेयरमूल्य बढेको हो ।यो समाचार तयार पार्दासम्मा नेप्से परिसुचक अघिल्लो कारोबार दिनको तुलनामा यो दिन २८ दशमलव ३७ अंक बढेर २ हजार ८१३ दशमलव ३२ विन्दुमा पुगेको छ ।

हकप्रद सेयर जारी गर्दै कर्पोरेट डेभलपमेन्ट बैंक, बुक क्लोज पुस २६ गते

कर्पोरेट डेभलपमेन्ट बैंकले आफ्ना सेयरधनीहरूलाई हकप्रद सेयर बिक्री गर्ने भएको छ । कम्पनीले माघ ७ गतेदेखि १ः१.५ को अनुपातमा हकप्रद सेयर बिक्री गर्ने भएको हो ।कम्पनीले ३० करोड रूपैयाँ बराबरको १०० रूपैयाँ अंकित ३० लाख कित्ता सेयर बिक्री गर्न लागेको जानकारी दिएको छ । हकप्रद सेयर बिक्री गर्ने भएपछि कम्पनीले पुस २६ गते एक दिनका लागि बुक क्लोज गर्ने बताएको छ । २६ गते बुक क्लोज गर्ने भएपछि पुस २५ गतेसम्म कायम कम्पनीको सेयरधनीले हकप्रद सेयरमा आवेदन गर्न पाउँछन् । लगानीकर्ताले उक्त हकप्रद सेयरमा माघ २

नारायणी डेभलपमेन्टसहित यी कम्पनीको शेयरमुल्यमा सकरात्मक सर्किट

काठमाडौं, १० भदौ । साताको कारोबारको अन्तिम दिन शेयर बजारमा आज १४ कम्पनीको शेयर मुल्यमा सकारात्मक सर्किट लागेको छ । नेप्सेको अनुसार आज नारायणी डेभलपमेन्ट बैंक, श्री इन्भेष्टमेन्ट फाइनान्स, घलेम्दी हाइड्रोपावर कम्पनी र जीवन विकास लघुवित्त, गुहेश्वरी मर्चेन्ट बैंकिङ, अरुण भ्याली हाइड्रोपावर कम्पनी, कर्पोरेट डेभलपमेन्ट बैंक, आँखु खोला जलविद्युत कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका […]

सामान्य अंकले नेप्से बढ्दा ४ कम्पनीको सकारात्मक सर्किट

काठमाडौं, २४ साउन । साताको कारोबारको पहिलो दिन आज शेयर बजार ० दशमलव ६६ अंकले बढेर ३ हजार १ सय ८ दशमलव १२ विन्दु कायम हुँदा १४ अर्बको उच्च कारोबार भएको छ । आज ४ कम्पनीको शेयरमुल्य १० प्रतिशतले बढेको छ । अपि पावर कम्पनी, कर्पोरेट डेभलपमेन्ट बैंक, युनिभर्सल पावर कम्पनी र जीवन विकास लघुवित्तका […]

कर्पोरेट डेभपलमेन्ट बैंक समस्याग्रस्तबाट फुकुवा - Naya Patrika

समस्याग्रस्त घोषणा भएको करिब ३ वर्षपछि कर्पोरेट डेभलपमेन्ट बैंक समस्याग्रस्त अवस्थाबाट मुक्त भएको छ । राष्ट्र बैंकले पुस ०७१ मा कर्पोरेट डेभलपमेन्ट बैंकलाई समस्याग्रस्त घोषणा गरेको थियो । अहिले बैंकको...पूरा पढ्नुहोस् »