रुपन्देहीको ओमसतिया गाउँपालिकामा एमाले उम्मेदवार विजयी भएका छन् । अध्यक्षमा एमालेका मन्जित यादव सोनु ४ हजार ८ सय ३२ मतसहित निर्वाचित भएका हुन् । उनका प्रतिस्पर्धी राप्रपाका तिलकसिंह बोहराले ३ हजार १ सय ३९ मत ल्याए । उपाध्यक्षमा कांग्रेसकी सुनिता चौधरी ६ सय ८४ मतान्तरले विजयी भएकी छन् । चौधरी ४ हजार १ सय ३९ मतसहित विजेता बन्दा प्रतिस्पर्धी राप्रपाकी चित्ररेखा थारुले ३ हजार ४ सय ५५ मत पाइन् । २३ हजार ९ सय २९ मतदाता रहेको ओमसतियामा १९ हजार २ सय २५ जनाले मताधिकार प्रयोग गरेका थिए । ६