कैलाली निर्वाचन क्षेत्र २ को (क) र (ख) मा वाम गठबन्धन विजयी
धनगढी । कैलाली निर्वाचन क्षेत्र नं २ को प्रदेशसभा (क) र (ख)को प्रदेशसभा सदस्यमा वाम गठबन्धन विजयी भएको छ ।
निर्वाचन अधिकृतको कार्यालयका अनुसार प्रदेशसभा...
कर्णाली – कर्णाली प्रदेशका १० जिल्लामा प्रतिनिधि सभा सदस्यका लागि १२ निर्वाचन क्षेत्र छन् । सुर्खेत र दैलेखमा दुई-दुई निर्वाचन र अन्य आठ जिल्लामा एक निर्वाचन क्षेत्र कायम छन् । सबै क्षेत्रको निर्वाचन प्रक्रिया अन्तर्गत मतगणना सम्पन्न भइसकेको छ । मङ्सिर ४ गते सम्पन्न निर्वाचनमा देशैभरि झैँ कर्णालीमा लोकतान्त्रिक वाम–गठबन्धन र नेकपा एमालेबीच नै प्रतिस्पर्धा […]
काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अहिलेको लोकतान्त्रिक–वाम गठबन्धन लामो समयसम्म अघि बढ्ने बताएका छन्। आफू उम्मेद्वार रहेको गोरखा क्षेत्र नं २ मा पत्रकारहरूसँग कुराकानी गर्दै उनले अहिलेको गठबन्धन लामो समयसम्म जाने बताएका हुन्।
'यो गठबन्धनलाई लामो समयसम्म अघि बढाउनुपर्छ भन्नेमा गठबन्धनमा आबद्ध सबै दल एकमत छन्,'…
ताप्लेजुङ– नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संयुक्त लोकतान्त्रिक वाम गठबन्धनको ध्यान विकास र समृद्धितर्फ केन्द्रित भएको बताएका छन् । आज गठबन्धनद्वारा ताप्लेजुङ सदरमुकाम फुङ्लिङमा आयोजित चुनावी आमसभालाई सम्बोधन गर्दै उनले मुलुकमा स्थायी शान्ति र दिगो विकासका लागि संयुक्त लोकतान्त्रिक वाम गठबन्धन बनेको हो भने । उनले भने ‘दिगो […]
माेरङ- प्रधानमन्त्री एवं कांग्रेसका सभापति शेरबहादुर देउवा विराटनगर आएका छन्। निर्वाचन परिचालन कमिटी प्रदेश १ ले आयोजना गरेको लोकतान्त्रिक वाम गठबन्धन संयुक्त भेलालाई सम्बोधन गर्न उनी शनिबार बिहान विराटनगर आएका हुन्। आगामी ४ मंसिरको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनलाई लक्षित गर्दे भेला आयोजना गरिएको छ। भेलामा पूर्व प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पनि […]
आउँदो ४ मंसिरमा प्रतिनिधिसभा एवं प्रदेश सभाको निर्वाचन हुन गइरहेको छ । मुलुक संघीय सरकारमा गइसकेपछि हुन गइरहेको यो दोस्रो निर्वाचन हो । पहिलो निर्वाचनमा वाम गठबन्धन गरी वामशक्ति चुनावी मैदानमा उत्रिएको थियो । र, उसले सुविधाजनक बहुमत पनि प्राप्त गर्यो । तर पाँच वर्षे संसद्को कार्यकाल पूरा गर्न सकेन । दुई दुई पटकसम्म संसद् […]
१८ असोज, पोखरा । दोस्रो संविधानसभा निर्वाचन-२०७० मा पर्वतमा नेपाली कांग्रेस नेता अर्जुन जोशीसँग पराजित माओवादी केन्द्रका नेता नेत्रनाथ अधिकारी २०७४ मा प्रदेश सभा ‘क’बाट विजयी भए । एमालेसँग वाम गठबन्धन गरेको माओवादीका अधिकारीले प्रदेशकै पहिलो सभामुख बन्ने ऐतिहासिक अवसर पनि प्राप्त गरे । शिक्षक हुँदै माओवादी आन्दोलनमा होमिएका अधिकारी एमालेको समर्थनमा २ फागुनमा सभामुख […]
१९ जेठ, काठमाडौं । स्थानीय तह निर्वाचन सकिएपछि दलको ध्यान आउँदै गरेको प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनतिर गएको छ । ठिक यही बेला सत्ता गठबन्धन नै अघि बढ्छ या यो भत्किएर अर्काे पुनः वाम गठबन्धन बन्छ भन्नेतर्फ धेरैको चासो देखिन्छ । पार्टीबाट निर्वाचित जनप्रतिनिधिहरूलाई प्रशिक्षण दिने क्रममा सत्ता गठबन्धनको मुख्य घटक नेकपा माओवादी केन्द्रका अध्यक्ष […]
अमेरिकी सहयोग परियोजना एमसीसीले सत्ता गठबन्धन धर्मराएको छ । प्रधानमन्त्री शेरबहादुर देउवा एमसीसी पास गर्ने कित्तामा प्रष्टसँग उभिएका मात्रै छैनन्, उक्त कित्ताको नेतृत्व गरिरहेका छन् । सत्ता साझेदार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको बाहिर एउटा र भित्र अर्कै कुरा छ ।एमालेबाट टुक्रिएर बनेको नेकपा एकिकृत समाजवादी एमसीसीको विरोधमा छ । यद्यपी, उ सरकारबाट बाहिरिने आँट गरिरहेको छैन । यस्तो अवस्थामा नेताहरुको दौडधूप बाक्लो हुँदै गएको छ । बिहिबार साँझ मात्रै प्रधानमन्त्री देउवा श्रीमती आरजुलाई लिएर एमाले अध्यक्ष केपी ओली निवास बालकोट पुगे । धर्मराउँदै सत्ता गठबन्धनकेपी शर्मा ओली वर्तमान सत्ता गठबन्धन भत्काउन चाहन्छन् । त्यसकारण उनले विभिन्न समयमा विभिन्न अस्त्रको प्रयोग गरेकै हुन् । तर, हालसम्म उनी सफल भएका छैनन् ।तर, एमसीसी संसद टेबलपछि अनुमोदन गर्नुपर्छ भन्ने प्रधानमन्त्री देउवाको अडान र जनमत बिग्रने डरले सत्तामा हुँदाहुँदै पनि सडकमा आन्दोदन गर्ने प्रचण्ड–माधबको दोहोरो चरित्रले अहिले गठबन्धन धर्मराएको छ । काँग्रेसकै नेताहरु गठबन्धनको पक्षमा छैनन् । एमसीसी विवादले गठबन्धन तोडेर एक्लै चुनावमा जान काँग्रेसलाई सजिलो भएको छ । गठबन्धन हुँदा भाग लगाउनुपर्ने निर्वाचन क्षेत्रमा गठबन्धन नभएको अवस्थामा काँग्रेसले आफ्नै उम्मेदवार उठाउन सक्ने छ ।‘गठबन्धन चुनावसम्मै लैजाउ भन्ने हामीलाई छैन, अहिलेकै अवस्थामा माओवादी र माधब नेपालको पार्टीले हात झिके पनि हामीलाई गाह्रो छैन, त्यस्तो अवस्थामा प्रतिनिधिसभाकै (संसदमा अल्पमतमा परेको अवस्थामा संसद विघटन गरेर) निर्वाचन गर्नुपरेछ भनेपनि हामीलाई त झन सजिलो हुन्छ’ काँग्रेसका एक नेताले भने, ‘एमसीसीलाई कारण देखाएर सरकारबाट उनीहरु बाहिरिन्छन् भने पनि हाम्रो लागि त अवसरनै भयो, कम्तीमा चुनावमा भागबण्डा त गर्नुपरेन । अहिले नै गएभने हामीले धोका दिएको भन्ने सन्देश पनि जाँदैन । गए राम्रो ।’ वाम गठबन्धन भाग–२ को संकेतएमसीसी विवादले तत्कालिन नेकपाभित्रको शक्ति संघर्ष र अदालतको आदेशपछि एमाले माओवादी ब्यूँतिएको विषय अहिले सेलाएको छ । नेकपा एकता जोगाउन नसकेको भन्दै ओली र प्रचण्डमाथि खनिने जनमत बाक्लो थियो । तर, अब त्यसरी खनिनेहरु एमसीसीको मुद्दामा केन्द्रित भएका छन् ।करिब दुई तिहाई जनमत पाएर पनि ५ वर्ष एकल सरकार चलाएर जनअपेक्षा अनुसार विकास निर्माणका काम गर्न नसकेको भन्दै ओली र प्रचण्डलाई गाली गर्दा ओलीका समर्थकले प्रचण्ड–माधबलाई दोषी देखाउँथे भने प्रचण्ड–माधबका समर्थकले ओलीलाई दोषी देख्थे । तर, अहिले अवस्था फेरिएको छ । एमसीसीका कारण गाली खाने ठाउँमा काँग्रेस आईपुगेको छ ।तत्कालिन नेकपाको विभाजन ओझेलमा परेको अवस्था छ । केही दिन अघिको एक अन्तरवार्तामा माओवादी अध्यक्ष प्रचण्डले ओलीसँग गठबन्धन हुन सक्ने जनाउ दिईसकेका छन् । अहिलेको सत्ता गठबन्धन टुटाउन सकेको अवस्थामा ओली पनि माओवादीसँग साझेदार गर्न अनिच्छुक देखिएका छैनन् । ‘माओवादी कुनैपनि हालतमा एक्लै चुनाव लड्ने मनस्थितीमा छैन । किनभने, माओवादीको अवस्था निकै कमजोर छ’ एकजना विश्लेषक भन्छन्, ‘काँग्रेसले हात छोड्ने वित्तिक्कै माओवादी पुग्ने भनेकै एमालेसँग हो, माधब नेपाल त कमजोरी स्वीकारेर एमालेमै फर्किन्छन् भन्ने लाग्छ । त्यसैले अहिलेको सत्ता गठबन्धन फुट्नासाथ अर्को वाम गठबन्धन भन्ने पक्का छ ।’ चुनावी तालमेल हुँदै एकतासम्म जानका लागि नेताहरुको दौडधुप पनि बाक्लिएको बुझाई उनको छ ।
विमल विष्ट, डोटी आगामी मंसिर २१ गते हुन गइरहेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि डोटीको ‘वाम गठबन्धन’ टिम मंगलबारदेखि कार्य क्षेत्रमा होमिएको छ। नेकपा एमाले र नेकपा माओवादी केन्द्र डोटीको कात्तिक १९ गते सम्पन्न जिल्ला कमिटी स्तरीय
रौतहटका चार निर्वाचन क्षेत्रमा पछिल्लो स्थानीय तह चुनावमा वडा स्तरमा पार्टीहरूले ल्याएको मतको विश्लेषण गर्दा वाम गठबन्धन दुई क्षेत्रमा अगाडि देखिन्छ। नेपाल लोकतान्त्रिक फोरम कांग्रेसमा मिसिएपछि असन्तुष्ट बनेका सांसद मुस्ताक आलम एमाले प्रवेश गरेका छन्। उनको प्रवेशले पनि वाम गठबन्धनलाई यहाँ केही लाभ हुने देखिन्छ। क्षेत्र नम्बर १ रौतहट क्षेत्र नम्बर १मा कांग्रेसले सबैभन्दा बढी…