अनेरास्ववियू आरआरका विद्यार्थीबीच कुटाकुट

काठमाडौंको प्रदर्शनीमार्गस्थित रत्नराज्यलक्ष्मी क्याम्पसमा अनेरास्ववियू क्याम्पस कमिटीका विद्यार्थीहरू एकआपसमा कुटाकुट गरेका छन् । कमिटीको विस्तारित बैठकका क्रममा बिहीबार बिहान कुटाकुट भएको हो ।कमिटी पुनर्गठन र नेतृत्व चयन गर्ने विषयलाई लिएर सोही क्याम्पसका विद्यार्थी र केन्द्रीय कमिटीका पदाधिकारीहरूबीच भनाभन पश्चात झडप भएको थियो । झडपमा परेर केही विद्यार्थी सामान्य घाइते छन् । झडपको भिडियो अहिले सामाजिक सञ्जालमा चर्चाको विषय बनेको छ ।झडपपछि विस्तारित बैठक स्थगित भएको छ ।

सम्बन्धित सामग्री

आरआर क्याम्पसमा कुटाकुट, खुकुरी प्रहारबाट तीन जना घाईते

काठमाडौं, पुस १३ । राजधानीको भृकुटीमण्डप स्थित रत्नराज्य लक्ष्मी क्याम्पस (आरआर) मा विद्यार्थी नेताबीच कुटाकुट हुँदा तीन जना घाईते भएका छन् । बुधबार विहान अनेरास्ववियू (क्रान्तिकारी)का नेता र कार्यकर्ताबीच कुटाकुट हुँदा अनेरास्ववियू क्याम्पस कमिटि अध्यक्ष मदन भण्डरी, उपाध्यक्ष लोकेश खड्का लगायतका विद्यार्थी नेताहरु घाईते भएका छन् । कार्यकर्ताहरु खुकुरी लिएर कुटाकुटमा उत्रिएपछि अहिले क्याम्पस क्षेत्रको […]

सिंहदरबारभित्रै कुटाकुट (फोटोफिचर)

काठमाडौं, ३० पौष । नोबेल मेडिकल कलेजका सञ्चालक सुनिल शर्मालाई सिंहदरबारभित्र शिक्षा मन्त्रालयको मूलढोकामै आक्रमण भएको छ । कोरोना भाइरसको संक्रमणका कारण प्रवेशमा कडाई गरिएको सिंहदरबारभित्रै शर्मालाई गरिएको आक्रमणले तरंग ल्याएको छ । शर्मालाई अनेरास्ववियू एकीकृत समाजवादीका स्थायी कमिटी सदस्य अम्मर पुन, उपमहासचिव महेश श्रेष्ठले हातपात गरेका थिए । त्यसपछि केएमसीका कर्मचारी क्षितिज निरौला र […]