भर्ना शुल्क लिँदै सामुदायिक विद्यालय

जिल्लाका सामुदायिक विद्यालयले विभिन्न बहानामा विद्यार्थीबाट भर्ना शुल्क लिने गरेका छन् । भर्नाको समयावधिमा सामुदायिक विद्यालयले भर्ना शुल्कको नाममा चर्को शुल्क लिने गरेको अभिभावकले गुनासो गरे पनि हालसम्म कुनै कारबाही भएको छैन ।