परिमार्जन हुँदै विशिष्टको सवारी व्यवस्थापन कार्यविधि

सरकारले अति विशिष्ट र विशिष्ट व्यक्तिको सुरक्षा व्यवस्थापनसम्बन्धी कार्यविधि परिमार्जन गर्न लागेको छ । कार्यविधिमा अति विशिष्ट व्यक्तिको आवतजावतका क्रममा प्रयोग गरिने गरिएको ‘सवारी’ शब्दलाई ‘भ्रमण’ शब्दमा रूपान्तरण गर्न लागिएको छ । काठमाडौँका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले अति विशिष्ट व्यक्तिको सुरक्षा तथा सवारीबारे विभिन्न टिकाटिप्पणी भइरहँदा विशिष्ट व्यक्तिको सुरक्षा व्यवस्थापनसम्बन्धी कार्यविधि परिमार्जन गर्न लागिएको बताउनुभयो ।

सम्बन्धित सामग्री

अति विशिष्ट र विशिष्ट पदाधिकारीको सवारी कार्यविधि परिमार्जन हुँदै

काठमाडौं । गृह मन्त्रालयले सवारी व्यवस्थापन सुरक्षा कार्यविधि परिमार्जन गर्ने भएको छ । विशिष्ट र विशिष्ट पदाधिकारीको सवारीका कारण सडकमा हुने अवरोध र सर्वसाधारणले झेल्दै आएको समस्याका कारण बढ्दो जनआक्रोशलाई दृष्टिगत गर्दै कार्यविधि परिमार्जन तयारी गरिएको हो । मन्त्रालयका प्रवक्ता एवं सहसचिव जितेन्द्र बस्नेतले राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्रीलगायतको आवातजावतका समयमा हुने अन्य सवारीसाधन रोकावटका कारण सर्वसाधारणले […]

विशिष्टको सवारी व्यवस्थित बनाइने

गृह मन्त्रालयले सवारी व्यवस्थापन सुरक्षा कार्यविधि परिमार्जन गर्ने भएको छ । अति विशिष्ट र विशिष्ट पदाधिकारीको सवारीका कारण सडकमा हुने अवरोध र सर्वसाधारणले झेल्दै आएको समस्याका कारण बढ्दो जनआक्रोशलाई दृष्टिगत गर्दै कार्यविधि परिमार्जन तयारी गरिएको हो ।