रुसी सेनाले युक्रेनको दक्षिण शहर खेरसनमाथि कब्जा जमाएको रुसको रक्षा मन्त्रालयले दाबी गरेको छ ।यदि यो शहरमाथि युक्रेनको नियन्त्रण नभए, यो रुसको कब्जामा आउने रुसको सबैभन्दा ठूलो शहर हुनेछ ।यसअघि राती रुसी सैनिक शहरको गल्लीमा देखिएका थिए । शहरका मेयरले खेरसनको रेल स्टेशन र बन्दरगाहमा रुसी सैनिकले कब्जा गरेको बताएका थिए ।युक्रेन र रुसबीच युद्धको आज सातौँ दिन हो । रुसी हमलामा युक्रेनमा भारी विनाश भएको छ । युक्रेनका केही इलाका रुसको कब्जामा पनि छ तर राजधानी किएभमा हाल युक्रेनकै नियन्त्रण छ ।यसैब