काठमाडौं : केन्द्रीय तथ्याङ्क विभागले चालू आव ०७८/७९ मा बागमती प्रदेशको आर्थिक वृद्धिदर ६ दशमलव ७ प्रतिशतले वृद्धि हुने प्रक्षेपण गरेको छ।विभागले बिहीबार प्रदेशस्तरीय जिडिपी (कुल गार्हस्थ उत्पादन) को योगदान पत्रकार सम्मेलनबाट सार्वजनिक गर्दै चालू आव ०७८/७९ को बागमती प्रदेशको आर्थिक वृद्धिदर वृद्धि हुने प्रक्षेपण गरेको हो। विभागले प्रादेशिक जिडिपीमा बागमती प्रदेशको सबैभन्दा बढी १७ खर्ब ९१ अर्ब रूपैयाँसहित ३६ दशमलव ९ प्रतिशत योगदान गर्ने अनुमान गरेको छ।तर ७ प्रदेशमध्ये कर्