अर्घाखाँचीमा माओवादीका पूर्वकेन्द्रीय सदस्य, दुई पालिका अध्यक्षसहित करिब २ सय जना एमाले प्रवेश

रुपन्देही । अर्घाखाँचीमा नेकपा माओवादी केन्द्रका दुई गाउँपालिका अध्यक्षसहित विभिन्न जिम्मेवारीमा रहेका र अन्य पार्टीबाट समेत गरी पौने दुई सय जना एमालेमा प्रवेश गरेका छन् । नेकपा माओवादी केन्द्रका पूर्व केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेश सचिवालय सदस्य मालारानी गाउँपालिका अध्यक्ष पदम क्षेत्री, प्रदेश सदस्य तथा भूमिकास्थान नगरपालिकाका अध्यक्ष नरेन्द्रमान मुखिया, जिल्ला सचिवालय सदस्य देवबहादुर विक, […]