धरानमा धनुषाका संक्रमितको मृत्यु

काठमाडौं : धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत एक कोरोना संक्रमितको मृत्यु भएको छ।धनुषाका ६० वर्षीय पुरुषको उपचारका क्रममा मृत्यु भएको प्रतिष्ठानले जनाएको छ।  उनलाई १० वैशाखमा कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो। प्रतिष्ठानमा हालसम्म ४७ पुरुष र ८४ महिला गरी १३१ जनाको उपचारका क्रममा मृत्यु भएको छ।

सम्बन्धित सामग्री

थप २ कोरोना संक्रमितको मृत्यु

थप कोरोना संक्रमितको मृत्यु भएको छ । भेरी अस्पतालमा उपचाररत दाङ र सल्यानका दुई जना कोरोना संक्रमितको मृत्यु भएको हो ।

बाँकेमा थप चार संक्रमितको मृत्यु

बाँकेमा थप चार संक्रमितको मृत्यु भएको छ। योसँगै बाँके जिल्लाका १२६ र बाहिरी जिल्लाका बाँकेमा उपचाररत १२० जना संक्रमितको मृत्यु भएको छ।

बिपी प्रतिष्ठानमा दुई संक्रमितको मृत्यु

धरान। बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा दुईजना कोरोना संक्रमितको मृत्यु भएको छ। सोमबार एकै दिन मोरङ र जनकपुरका दुई संक्रमितको मृत्यु भएको हो। संक्रमणबाट विराटनगर–१२ का ७५ वर्षीय वृद्ध र धनुषाका ४८ वर्षीय पुरुषको मृत्यु भएको प्रतिष्ठानले जनाएको छ।