न्युजिल्यान्डमा जारी एकदिवसीय महिला विश्वकपमा अस्ट्रेलियाले आफ्नो प्रभावशाली प्रदर्शन जारी राखेको छ। आइतबार भएको आफ्नो तेस्रो खेलमा अस्ट्रेलियाले घरेलु टोली न्युजिल्यान्डलाई १ सय ४१ रनको फराकिलो अन्तरले पराजित गर्दै अपराजित यात्रा जारी राख्यो।अस्ट्रेलियाले पहिलो ब्याटिङ गर्दै निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २ सय ६९ रन बनाएको थियो।जवाफमा न्युजिल्यान्ड १ सय २८ रनमा नै समेटिएपछि अस्ट्रेलिया फराकिलो जित निकाल्न सफल भयो।वेलिङटनमा टस जितेको अस्ट्रेलियाका लागि एलिस पेरीले सर्वाधिक ६८ रनको यऊदान दिँदा