‘क्याराभान’ निर्देशक भ्याली भन्छन्- नेपालीले नदेखेका कुरा म देख्छु

सुर्खेत : ‘म नेपालमा ती कुरा देख्छु, जुन नेपालीले नै देख्दैनन्’ फ्रान्सेली फोटोग्राफर तथा फिल्म निर्देशक एरिक भ्याली भन्छन्, ‘सानो देश भए पनि नेपाल विविधताले भरिएको छ। संसारमै नभएका नयाँ र फरकपन नेपालमा भेटिन्छ।’तर नेपालको महत्व नेपालीले नै बुझ्न नसकेको भ्यालीको बुझाई छ। वीरेन्द्रनगरमा जारी कर्णाली उत्सवको ‘कर्णाली क्याराभान’ सत्रमा वक्ता रहेका भ्यालीले नेपालको विविधता र बहुआयाम अथाह भएको बताए। भ्याली ति व्यक्ति हुन् जसले सन् १९९९ मा निर्माण निर्देशन गरेक