मुगुका ३ हजार घर ३ सातादेखि बिजुलीविहीन

जिल्ला सदरमुकामभित्र रहेका करिब ३ हजार घरधुरी तीन सातादेखि अन्धकारमा बसिरहेका छन् । गत असोज १९ देखि २३ गतेसम्मको भीषण वर्षाले गमगाढ साना जलविद्युत् आयोजना तहसनहस पारेपछि जिल्ला सदरमुकाम गमगढी बजारदेखि कार्कीबाडा, भामबाडा, श्रीनगर, ढुम, पिना, रुगा, सायाखोला, निगाले, थार्प, कोटिला, तलितुम, हेन्रीकाँधलगायत दर्जनौं बस्तीका कूल तीन हजार घरधुरी तीन सातादेखि अन्धकारमा बस्न विवश भएका हुन् ।