सत्तारूढ दलहरुबीचको भागबण्डा भोलिसम्म टुंगिने प्रचण्डको दावी

कैलाली । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्तारूढ दलहरुबीच सिट बाँडफाँट बुधबारसम्ममा टुंगिने दावी गर्नुभएको छ । पार्टीको सुदूरपश्चिम प्रदेश प्रशिक्षणका लागि मंगलबार बिहान धनगढी पुग्नुभएका दाहालले धनगढी विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै यस्ताे बताउनुभएकाे हाे । उहाँले १०० सिट मागेको कांग्रेसले ८० सिट वरपर मान्ने संकेत दिएको दावी समेत गर्नुभएकाे हाे । […]