दुर्घटना कम गर्नेतर्फ ध्यान दिन राष्ट्रपतिको आग्रह

काठमाण्डौ – राष्ट्रपति विद्यादेवी भण्डारीले सवारी दुर्घटना कम गर्नेतर्फ विशेष ध्यान दिन सम्बद्ध पक्षको ध्यानाकर्षण गराउनुभएको छ ।  सङ्खुवासभाको मादीमा आज बिहीवार भएको बस दुर्घटनामा १५ जना यात्रुको ज्यान गएको खबरले आफू मर्माहत भएको बताउँदै राष्ट्रपतिले शोकाकुल परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्नुभएको छ । साथै उहाँले घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्नुभएको छ ।  केहीबेरअघि ट्वीट गर्दै राष्ट्रपतिले ‘सवारी दुर्घटना न्यूनीकरणका लागि आवश्यक सावधानी अपनाउन सम्बद्ध पक्षको ध्यान आकृष्ट गराउँछु’, भन्न...