१४ महिनामा नतिजा, ५ सय मार्कसिटमा त्रुटि

त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले १४ महिना लगाएर सार्वजनिक गरेको स्नातक तह पहिलो वर्षको नतिजामा त्रुटि आएपछि रत्नराज्यलक्ष्मी क्याम्पसका ५ सयभन्दा बढी विद्यार्थी आन्दोलित छन् । २०७८ फागुनमा अनिवार्य अंग्रेजी विषयको परीक्षा दिएका आरआरका अधिकांश विद्यार्थीको मार्कसिटमा ‘अनुपस्थित’ जनाइएको छ ।