काठमाण्डौ – नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेललाई इमान, पारदर्शिता र नम्रतालाई केन्द्रमा राख्न आग्रह गर्नुभएको छ ।
समय संवेदनशील रहेको र राम्रो सावित हुन धेरै राम्रो काम गर्नुपर्ने भन्दै उहाँले इमान, पारदर्शिता र नम्रतालाई केन्द्रमा राख्न आग्रह गर्नुभएको हो ।
यस्तै मुख्यमन्त्री पोखरेललाई पत्र लेख्दै उहाँले सबैको मुख्यमन्त्री बन्न समेत आग्रह गर्नुभएको छ । उहाँले पत्रमा भन्नुभएको छ – ‘हेक्का रहोस् तपाईँको कर्मसँग पार्टीको आगामी छवि गाँ...