रुसी कब्जामा पुगेको पूर्वी सहर सेभेरोडोनेत्स्क फिर्ता गर्न थालेको युक्रेनको दाबी

युक्रेनले रुसी सेनाको कब्जामा पुगेको पूर्वी सहर सेभेरोडोनेत्स्कको एउटा भाग फिर्ता गरेको दाबी गरेको छ । सहरको झन्डै ७० प्रतिशत भूभाग रुसी सेनाको कब्जामा गइसकेकोमा आफ्नाे देशकाे सेनाले सहरको ठूलो हिस्सा फिर्ता गरेको युक्रेनका क्षेत्रीय गभर्नर सर्गी हाइदाईलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।  सहरलाई कब्जा गर्ने रुसी सेनाको प्रयास र रोक्ने युक्रेनी सेनाको प्रयासका बीच अहिले सेभेरोडोनेत्स्कमा युक्रेनी सेना रुसी सेनामाथि दबाब कायम गर्दै पहिले गुमेको भाग फर्काउन सफल भएको हो । रुसी सेनाको मुख्य निसाना बनेको सो सहरमा केह...