दाङ : अदालतकाे दुई तलामाथिबाट हाम फालेर भागेका विश्वकर्मा पक्राउ

दाङ - जिल्ला अदालत दाङको दुई तला माथिबाट हाम फालेर भागेका लक्ष्मण विश्वकर्मा पक्राउ परेका छन्। म्याद थपका क्रममा बिहीवार बेलुका जिल्ला अदालत कार्यालयको दुई तला माथिबाट हाम फालेर भागेका विश्वकर्मालाई प्रहरीले गएराति दाङको सीमावर्ती क्षेत्रबाट पक्राउ गरेको हो । उनलाई बुधवार सुन चोरी आरोपमा पक्राउ गरिएकाे थियाे । बिहीवार म्याद थपका लागि जिल्ला अदालत कार्यालय लगिएको बेला उनी शौचालयको झ्यालको सिसा फुटाएर दुई तलाबाट हाम फालेर भागेका थिए । फरार भएलगतै डीएसपी राजनकुमार गौतमको कमाण्डमा खटिएको प्रहरी टोलील...