धनगढी । धनगढीका सडकहरूका किनारामा गाडिएका पोल (खम्बा) मा जथाभावी रुपमा तानिएका तारहरू व्यवस्थित गर्ने काम सुरु भएको छ । धनगढी उपमहानगरपालिकाको पहलमा जथाभावी रूपमा तानिएका तारहरू व्यवस्थित गर्न थालिएको हो । उपमहानगरका मुख्य बजार क्षेत्र र अन्य स्थानका सडकका किनारामा गाडिएका बिजुली तथा टेलिफोनका पोलहरूमा इन्टरनेट, केवुल टिभी तथा टेलिफोनका तारहरू जथाभावी रुपमा तानिएका […]
The post धनगढी सडकका तारहरू व्यवस्थित गरिँदै appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....
ढोरपाटन (बागलुङ) । बागलुङको गलकोट नगरपालिका–११ स्थित उदय रिघा बुद्ध विहारलाई व्यवस्थित गर्न थालिएको छ । झण्डै १२ वर्षअघि निर्माण शुरु गरिएको उक्त बुद्ध विहार गत वैशाखमा सम्पन्न भएको हो । सीमित स्रोतसाधनबाट निर्मित बुद्ध विहारलाई व्यवस्थित गरी पर्यटन प्रवर्द्धनका लागि यस वर्ष व्यवस्थित गर्न थालिएको छ ।
गण्डकी प्रदेश सरकारले चालु आर्थिक वर्षमा विनियोजन गरेको रु १५ लाखमा रिघा बुद्ध विहारको तला थप्नेसँगै प्रतिक्षालय निर्माण र बगैंचा बनाउन लागिएको छ । आकर्षक शैलीमा निर्माण गरिएको बुद्ध विहारका कारण आन्तरिक तथा बाह्य पर्यटक आकर्षित हुन थालेका छन् ।
राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्ग नजिकै रहेको हुँदा धेरै पर्यटक यहाँ पुग्न थालेका छन् । बुद्ध विहार स्थानीयको जनश्रमदानसहित करीब रु एक करोडको लागतमा निर्माण भएको हो ।
यसलाई व्यवस्थापन गर्न प्रदेश सरकारले बजेट विनियोजन गरेपछि थप आकर्षक र व्यवस्थित बनाउन थालिएको गलकोट–११ का अध्यक्ष डम्मर श्रीसले बताए । करीब १५ रोपनी क्षेत्रफलमा फैलिएको सो विहारलाई आर्थिक अभावका कारण सोचेअनुसार बनाउन नसकेको उनको भनाइ छ ।
विहार क्षेत्रमा पर्यटकको सुविधाका लागि प्रतीक्षालय, खानेपानी व्यवस्थापन बगैंचा, पदमार्ग, पोखरी निर्माण गर्ने, वनभोज स्थल निर्माण गर्ने योजना छ । यस वर्ष बुद्ध विहारको तला व्यवस्थापनसँग त्यस वरपर व्यवस्थित बगैंचा बनाउने र प्रतीक्षालय निर्माण गर्नेगरी योजनाको काम अगाडि बढेको अध्यक्ष श्रीस बताउँछन् । ‘बजेट अभावले १२ वर्षपछि मात्रै बुद्ध विहार निर्माण गर्न सकिएको हो,’ उनले भने ।
नगरपालिकाका प्रवक्ता हिमबहादुर भण्डारीले बुद्ध विहारका लागि नगरपालिकाले बर्सेनि बजेट विनियोजन गर्दै आएको बताए । यस क्षेत्रलाई नगरपालिकाले प्राथमिकतामा राखेर विकास गर्न थालेको उनको भनाइ छ । बुद्ध विहार गलकोटको महत्त्वपूर्ण पर्यटकीय क्षेत्र रहेको उल्लेख गर्दै प्रवक्ता भण्डारी अन्य संरचना निर्माणमा जोड दिइएको बताउँछन् । रासस
कास्की, १८ असार । पोखरा महानगरपालिकाले मासु पसललाई व्यवस्थित गर्न सुरुआत गरेको छ । महानगरले मासु पसल सञ्चालनका लागि तोकिएको न्यूनतम मापदण्ड पूरा गरेका पसललाई एकै प्रकारका बोर्ड तथा व्यवसाय परिचयपत्र वितरण गरेको हो । महानगरको पशु सेवा शाखाले आइतबार आयोजना गरेको कार्यक्रममा महानगरप्रमुख प्रमुख धनराज आचार्यले व्यवसायीलाई परिचयपत्र प्रदान गरेका हुन्। पशु सेवा शाखा […]
काठमाडौं, असार १४ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले जार तथा बोतलको पानीको कारोबार गर्दा व्यवसाय दर्ता वा नवीकरण गरी बिलबीजक जारी गरेर मात्रै कारोबार गर्न निर्देशन दिएको छ । विभागले विज्ञप्ति सार्वजनिक गर्दै पछिल्लो पटक विभागमा व्यवसाय दर्ता नभएका र बिलबीजक जारी नगर्ने व्यवसायी फर्मले बोतल तथा जारको पानी बिक्री वितरण र ढुवानी […]
कञ्चनपुर, पुस ५ । शुक्लाफाँटा नगरपालिका क्षेत्रभित्र मदिराको कारोबारलाई व्यवस्थित गरिने भएको छ । नगरपालिकाको कार्यपालिकाको बैठकले व्यवसाय दर्ता तथा नवीकरणसम्बन्धी कार्यविधि तयार गरी मदिराको कारोबारलाई व्यवस्थित गर्ने भएको छ । मदिरा तथा सुर्तिजन्य पदार्थको कारोबार नगरपालिकाको मुख्य बजार गर्जमनी चोकबाट कलुवापुर चौराहसम्मको पूर्व–पश्चिम राजमार्गको उत्तर–दक्षिण दुई सय मिटर बजार क्षेत्रबाहेक अन्य सार्वजनिकस्थलभन्दा पाँच सय […]
काठमाडौं, पुस २३ । पछिल्लोसमय जनप्रतिनिधि तथा राज्यको उच्च ओहदामा पुग्नेलाई चढाइने सलामी विवादित बन्दै गएपछि सरकारले यसलाई व्यवस्थित गर्न कार्यविधि बनाउने भएको छ। सलामीसम्बन्धी अहिलेसम्म कार्यविधि र मापदण्ड बनेको छैन। परम्पराबाटै सलामी चल्दै आएको छ। कार्यविधि नबनेकोले जन प्रतिनिधि तथा राज्यका उच्च ओहदामा पुगेका व्यक्तिहरूले मनलाग्दी किसिमले मनलाग्दो कार्यक्रममा सलामी लिने गरेका छन्। पिर्का, […]
विराटनगर / जिल्ला अदालत मोरङमा रहेका धेरै वर्ष पुराना मिसिलहरुलाई व्यवस्थित गर्न थालिएको छ । मिसिललाई सुरक्षितसाथ राख्ने उपायको खोजी गर्दै ‘डिजिटलाइजेसन’ (प्रविधिकरण) गर्न थालिएको हो । फैसला भएका मुद्दाका पुराना मिसिलहरु अदालतमा अव्यवस्थित र असुरक्षित तथा जथाभावी राखिँदै आएकोमा अब भने प्राविधिको प्रयोग गरेर व्यवस्थित गर्न थालिएको हो । सेवालाई प्राविधि मैत्री बनाउने क्रममा...
The post मोरङ अदालतमा रहेका एक लाख १० हजार मिसिल व्यवस्थित गरिँदै appeared first on Purbeli News.