नेकपा एमालेका बरिष्ठ नेता झलनाथ खनाल र माधव नेपाल पक्षका स्थायी कमिटी सदस्यहरूको बैठक शुरू भएको छ ।
काठमाडौंको कलंकी स्थित एक पार्टी प्यालेसमा बुधवार दिउसो बैठक शुरू भएको हो । पार्टी भित्रको विवाद उत्कर्षमा पुगेको समयमा खनाल नेपाल पक्षले स्थायी कमिटी बैठक बोलाएको हो ।
समसामयिक विषयमा छलफलका लागि बैठक बोलाइएको एक स्थायी कमिटी सदस्यले जानकारी दिए । गतसाता प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली र नेता नेपालबीच छलफल भएको थियो । लगातार दुईदिन भएको सो छलफल पछि पनि एमाले विवाद साम्य भएको छैन ।
...