नोबेल शिक्षण अस्पतालमा आन्दोलनरत ४ विद्यार्थी नेता घाइते

विराटनगर : नोबेल मेडिकल शिक्षण अस्पतालमा आन्दोलनरत चार विद्यार्थी नेता घाइते भएका छन्। कलेज अगाडि सिठी जुलुस प्रदर्शन गर्ने क्रममा उनीहरूमाथि कलेजका सुरक्षा गार्ड र विद्यार्थी बिच भिडन्त हुँदा  चार जना विद्यार्थी नेता घाइते भएका हुन्।कलेजले एमबिबिएसमा भर्ना भएका नयाँ विद्यार्थीसँग अतिरिक्त शुल्क लिएको विषयमा आन्दोलनरत विद्यार्थी संगठनहरूले आज (सोमबार) पनि आन्दोलन जारी राखेका छन्।घाइते हुनेहरूमा अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य ताजिम अन्सारी, टेकेन क्षेत्री, दिपेन्द्र मेहता, अखिल (क्रान्त